ताजा समाचार

सिरहा नगरभित्रको नालाहरु बन्नू भन्दा पहिला नै भात्कियो

  • वैशाख ७, २०७५
  • १०९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख ७ । डिभिजन सडक कार्यालय, लहान सिरहा मार्फत विटुमिन प्रिमिक्स कार्पेटिङ्ग कार्य को लागि रोशन कन्स्ट्रक्सन प्रा.लि. जनकपुर–४, धनुषाले चौहर्वा सिरहा माडर सडक अन्तरर्गतको माडर खैरटोका नजदितको सडकमा दुवै छेउमा नाला ढल निर्माणको कार्य गर्ने ठेक्कामा कबोल अनुसार मापदण्डभन्दा बाहिर पुरानो सडकबाट उपकाइएका ईटा र मिठापाक ईटाको प्रयोग गर्दा स्तरहिन निर्माण गर्न थालेपछि स्थानीयहरु बिरोध गरेर काम बन्द नै गराए । सो सम्बन्धमा सडक डिभिजन लहानका इन्जिनियरले स्वीकारेर उक्त पुरानो ईटाको प्रयोग भएकोमा भुक्तानी नदिएको सुनाउदा ठेकेदार कम्पनि र सडक डिभिजन कार्यालयको मेलोमतोमा नै ठेकेदारहरु स्तरहिन कार्य गरिरहेको प्रष्ट देखिन्छ । उक्त कन्स्ट्रक्सन कम्पनिले सडक डिभिजन कार्यालयको मेलोमतोमा माडरको सडक निर्माणमा काम रोक्दा सोही बजेटमा सिरहा नगरपालिकाको वडा नं. ११ भलुवाही चौकमा सडको दुवै छेउमा नाला निर्माण गर्ने काम थालेको अवस्थामा गुणस्तरहिन निर्माण गरेका छन् । तर, निर्माण भएको न्वारन पनि नभई नाला भत्कि सकेको छ । यसरी सडक डिभिजनबाट ठेकेदारले काम गर्न लाग्दा देशमा जस्तो सुकै तन्त्र आएर देशलाई नयाँ रुपान्तरण हुन नसक्ने स्थानीयहरु गुणासो पोख्दै न्वारण भन्दा श्राध पहिले भएको बताउछन् । साभार:अपन दैनिक

Capture

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤