महिला विभेद यथावत, कन्डमसरह सेनेटरी प्याड निःशुल्क गर

  • असार ११, २०७७
  • १६०२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भारती गुप्ता आजसम्म महिला पुरुषको भेदभाव रोकिएको छैन । वास्तवमा महिला पुरुषको भेदभाव सरकारबाट पनि हुदैछ । सरकारले सेनेटरी प्याड र कन्डममा भेदभाव गरेको छ । महिलाले प्रयोग गर्नै सेनेटरी प्याडमा निशुल्क दिएको छैन । तर पुरुषले प्रयोग गर्नै कन्डम नि.शुल्क दिएको छ । यस्तो भेदभाव महिला पुरुषमा भइरहेको छ । भेदभाव भनेको जातजातीमा हुदैथ्यो । अहिले जातजातीको भेदभाव यथावतै रहेको छ भने केही हदसम्म त्यो छुवाछुत हटदै छ । तर सेनटरी प्याडमा कन्डमको भेदभाव हटनेवाला छैन । सरकारले पुरुषलाई माया गरेको छ । तर महिलालाई हेला गरेको छ । सेनेटरी प्याड नि.शुल्क भएको भए महिलाले महिनावारीको समयमा सरसफाइमा बढी ध्यान दिन सकिन्छ । महिलाले बढी सरसफाइमा ध्यान दिने समय महिनावारीको समयमा ख्याल गर्ने समय हो । महिनावारीको समयमा एक दिनमा कम्तीमा चार पाँच वटा प्याड फेर्नु पर्छ । महिलालाई एक महिनामा कम्तीमा दुई प्याकेट प्याडको आवश्यकता रहेको हुन्छ । त्यो पनि एक जनाले मात्र प्रयोग गर्न सकिन्छ । यदि कसैको घरमा चार जना छोरी र आमा वुहारी मिलाएर आठ जनाले प्याड प्रयोग गर्छन । एक जनालाई दुई प्याकेटको प्याडको आवश्यकता रहेको हुन्छन । भन्ने एउटा परिवारमा आठ सय प्याडमा खर्च गर्न सकिदैन । त्यसै कारण सरसफाइ रहनको लागि स्वस्थ्य जीवन जिउनको लागि सरकारले सेनेटरीप्याडमा नि.शुल्क गर्न अतिआवश्वयक हो । महिलाको समस्या छदैछ । तर सबै भन्दा बढी आवश्यकता बालिकाहरुलाई रहेको छ बाह्र तेह्र वर्षको बालिकाहरुले महिनावारी भएको समयमा उनीहरुलाई सरसफाइ रहनको लागि सेनेटरी प्याडको आवश्यकता रहेको हुन्छ । गरिबीको कारण परिवारमा आर्थिक अवस्था कमजोर भएकोले सेनेटरी प्याडको आवश्यकता बमोजिन उपलब्ध हुन सक्दैन । त्यसैकारण यी बालिकाहरुले आफनो ज्यानको जोखिममा पारेर घरमा भएको सडेको पुरानो लुगाहरु प्रयोग गर्छन ।यसबाट बालिकाहरुले आफनो स्वस्थ्य जीवनलाई सुधार्न सकिरहेको र्छैन । विभिन्न किसिमाको समस्या भ्mेल्दै आइरहेको हुन्छ । सानै उमेरमा विभिन्न रोगहरुको जोखिममा परेका हुन्छन् । बालिकाहरुको लागि सेनेटरी प्याड कन्डम भन्दा बढी आवश्यक हो । महिलाले एक छाक खाना नखाएपछि उ बाँच्न सक्छ । तर सेनेटरी प्याड बिना बाँच्न सक्दैन, । एक छाक खाना नखाएपछि विभिन्न किसिमको रोग लाग्दैन, । तर एक दिन सेनेटरी प्याड प्रयोग नगरेमा विभिन्न रोगको जोखिममा पर्न सकिन्छ । त्यसै कारण कन्डम भन्दा कैयो गुना बढी आवश्यक सेनेटरी प्याड रहेको छ । त्यसै कारण सेनेटरी प्याड नि.शुल्क आजैेदेखि कन्डम जस्तै सेनेटरी प्याड पनि निःशुल्क गर्नु महिलाहरुको माग रहेको छ । त्यति मात्र होइन । स्कूल पढने बालिकाहरुलाई कति समस्या भएको हुन्छ । सेनेटरीप्याड नभएको कारण स्कूले बालिकाहरुले घरमा भएको पुरानो कपडा प्रयोग गरी स्कूल जाने गर्छन् । तर कपडा प्रयोग गरेपछि के फाइदा बेफाइदा हुन्छ ? ती बालिकाहरुलाई केही जानकारी नभएको कारण विभिन्न रोगको शिकार बनेका हुन्छ । सेनेटरी प्याड बिना बालिकाहरुको जीवन अँध्यारो भएको हुन्छ । त्यसैकारण सरकारले जसरी कन्डमलाई नि.शुल्क गरेको छ । त्यसैगरी नै सेनेटरी प्याडलाई नि.शुल्क गर्नु बालिकाहरुको जोडदार माग रहेको छ । महिलाले प्रयोग गर्नै सेनेटरी प्याडको अवश्यकता कन्डम भन्दा बढी रहेको छ । महिलालाई महिनापिच्छे प्याडको अवश्यकता रहेको हुन्छ । तर पुरुषलाई स्थाइ साधनको लागि कन्डम उपलब्ध गराएको हुन्छ । महिलाले विभिन्न रोगबाट बच्नको लागि सेनेटरी प्याडको प्रयोग गरेका हुन्छ । महिलाहरुलाई महिनाबारीको समयमा महिलाले बढी मात्रामा अरु दिनदेखि बढी सरसफाई ध्यान दिने समय हो । महिनबारीको समयमा फोहोर रगत आएको हुन्छ । त्यो रगतको गन्धबाट महिलालाई विभिन्न रोगको जोखिमामा परेका हुन्छ । महिलाहरुले सेनेटरी प्याड नभएको कारण घरमै भएका पुराना लुगाहरु प्रयोग गर्छन । ती प्रयोग गरेका पुराना लुगाहरु बाथरुममा सफा गर्छ । सफा गरेको रगतको गन्ध पुरै बाथरुममा फैलिएको हुन्छ । तर त्यही बाथरुममा घरको अरु सदस्य वा बालबालिकाहरुले नुहाउन त्यही बाथरुममा जान्छ । त्यसबाट घरको अरु सदस्य विरामी हुन सक्छ । त्यती मात्रै होइन । हामीले खाना पकाउनको लागि साग तरकारी सफा त्यही बाथरुमा सफा गछौँ । खानामा पनि किटानुहरु गएको हुन्छ । त्यसैकारण महिलालाई सेनेटरी प्याड महिला जीवनमा धेरै नै उपयोगी रहेको छ । अप्ठयारो समय त त्यो हो । महिलाले घरको पुरना लुगाहरु प्रयोग गरेका हुन्छ । तर त्यो लुगालाई सफा गरेर कसैले नदेख्ने गरी अँध्यारो ठाउँमा सुकाएको हुन्छ । खुला ठाउँमा वा घाममा सुकाएको हुदैन । त्यसैकारण त्यस लुगामा किटानु मरेको हुदैन । त्यही लुगालाई अर्को महिनामा महिनावारी भएको समयमा त्यही लुगा फेरी प्रयोग गर्छ । कम्तीमा आठ दश चोटी त्यही लुगालाई प्रयोग गर्छन । त्यसबाट महिलामा बढी समस्या ढाड दुख्ने । पाठेघरमा क्यान्सर जस्तो रोग हुने भएको हुन्छ । गरिबीको कारण कतिपय महिलाहरुको यस्तो समस्या भएको हुन्छ । सुत्केरी भएको समयमा महिलालाई बढी अवश्यक्ता सेनेटरी प्याडको भएको हुन्छ । सुत्केरी भएको समयमा महिलालाई एक महिना सम्म सेनेटरीप्याड प्रयोग गर्नु पर्छ । त्यो अवस्थामा पनि नि.शुल्क सेनेटरीप्याड उपल्बध भएको हुदैन । महिला जीवन नै अप्ठयारो जीवन भएको हो । जब छोराछोरी जन्मने बेलादेखि आमा बनेको समयदेखि महिलालई सरसफाइमा बढी ध्यान गएको हुन्छ । सुत्केरी भएको समयमा महिलालाई सेनेटरी प्याडको बढी अवश्यकता भएको हुन्छ । त्यो समयमा महिलालाई सेनेटरी प्याड नभएको कारण महिलामा विभिन्न किसिमको रोगको जोखिमको समस्या भएको हुन्छ । यस्तो समयमा महिलालाई सेनेटरीप्याडको अवश्यकता बढी मात्रामा रहेको हुन्छ । यस्तो अवस्थामा पनि सरकारले महिला पुरुषमा भेदभाव गरेको छ । कन्डम नि.शुल्क दिइएको हुन्छ । तर सेनेटरी प्याड नि.शुल्क दिएको छैन । यो संसारमा महिलामाथी कति अन्याय भइरहेको छ । पुरुषलाई एउटा समस्या देखिएको कारण स्थाइ साधनको लागि कन्डम नि.शुल्क वितरण गरेको छ । महिलालाई कैयो समस्या भएको हुन्छ । तैपनि सरकारले सेनेटरी प्याडको उपलब्ध नि.शुल्क गराएको छैन महिलाहरुको र्आिर्थक अवस्था कमजोर भएको कारण सेनेटरी प्याड किन्न सकेको छैन । यसवारे सरोकारवाला निकायलाई केही थाहा नभएको होइन । फोहोरको कारण विभिन्न रोगको जोखिममा परेको छ । विभिन्न रोग लागेर महिलाले बच्चा जन्माउन असमर्थ भएको अवस्था छ । त्यो समयमा पुरुष र घरको अन्य सदस्यले विरामी परेको महिलालाई उपचार नगरी महिलालाई उल्टै दोषारोपन लगाउने गर्छन् । तँ बोक्सी हो बझीनिया हो । यस्ता विभिन्न आरोप महिलामाथी लाग्ने गरेको छ । जे उपचार गराउँनमा बढी खर्च गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस

जिल्ला स्तरीय समाचके ...

सप्तरी जिल्लाको नेगडा मा. बि. मा जिल्ला स्तरीय समा चकेवा महत्सव सम्पन्न भएको छ। सो कार्यक्रममा समाचक ...

धाँतीमा फुटबल प्रतिय ...

रासिन्द्र यादव, सप्तरी, ०१ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खु ...

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१