ताजा समाचार

हुण्डी संचालन गर्ने दुईजना कारागार चलान

  • वैशाख ५, २०७५
  • १३३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख ०५ गते । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको अरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई कारागार चलान गरेको छ ।भारत, बिहार, मोतिहारी, रक्सौल नगरपंचायत-२५ कोईरिया टोला घर भई वीरगञ्ज बस्दै आएका ३५ वर्षीय रितेशकुमार गुप्ता, पर्साको वीरगञ्ज हानगरपालिका-५ बस्ने ३० वर्षीय बिनित अग्रवाललाई पूर्पक्षको लागि कारागार चलान गरिएको हो । पर्सा जिल्ला अदालतको आदेशले उनीहरुलाई कारागार चलन गरिएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए । ‘अबैध रुपमा बित्तिय कारोबार -हुण्डी ) संचालन गर्ने कार्यमा संलग्न रहेको प्रमाण भेटिएपछि उनीहरुलाई पक्राउ गरेका थियौं, अदालतका आदेश अनुसार कारागार चलान गरेका छौं ।’ उनले भने ।
अवैध हुण्डीको कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले गत माघ २८ गते गाडीका पार्टपुर्जा तथा सर-समानहरु, लुबि्रकेन्ट तेलहरु तथा गि्रजको कारोबार गर्ने भनी वीरगञ्ज महानगरपालिका वडा नं १५ मा सञ्चालित न्यु दक्षिणकाली अटोमोबाईल्स प्रा.लि.मा छापामारी गरेको थियो । सो क्रममा प्रहरीले ५६ लाख रुपैयाँ नगद दुई बोरा कागजपत्रहरु, मोबाइल ६ थानसहित कारोबारमा संलग्न न्यू दक्षिणकाली प्रा.लि.का सञ्चालक भारतीय नागरिक संचालन गर्ने रितेशकुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं २५ का २७ बषिर्य मनोज पटेल , वीरगञ्ज-५ बस्ने ३० बषिर्य बिनित अग्रवाल र सोही वडामा बस्ने ४५ वर्षीय राजेश रौनियारलाई पक्राउ गरेको थियो । उनीहरु विरुद्ध बैकिङ कसुर तथा बितिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता गरिएको थियो । अदालतले मनोज पटेल र राजेश रौनियारलाई भने साधारण तारेखमा छोड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसैगरी अवैध लागु औषध ओसारपसारमा संलग्न तीन जनालाई पनि पूपक्षका लागि कारागार चलान गरिएको छ । काभ्रेपलान्चोक, पनौती नगरपालिका वडा नं.९ बस्ने वर्ष २१ को राजीव थापा, वीरगञ्ज महानगरपालिका वडा नं.१ बस्ने वर्ष १८ को अब्दुल आलम र पर्साको ठोरी गाउँपालिका सुवर्णपुर बस्ने वर्ष १९ को संजिब खड्का रहेका छन् । उनीहरुलाई २०७४ चैत २० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट नियन्त्रित लागू औषध निट्राभेट ट्याबलेट २७३ पिससहित पक्राउ गरेको थियो । पर्सा जिल्ला अदालतको बैशाख ४ गतेको आदेशले उनीहरुलाई पूर्पक्षको लागि कारागार चलान गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤