सिरहामा क्वाइरेन्टाइन स्वंसेवकबाटै पत्रकार सहनी माथी दुव्र्यवहार

  • जेठ १३, २०७७
  • २५२७ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा,१३ जेठ गते । सिरहाको माडरस्थित ब्रजमोहन झबुराम जनता माविमा सिरहा नगरपालिकाले संचालन गर्दै आएको क्वाइरेन्टाइनमा खटिएका स्थानीय स्वंसेवकहरुले न्यूज २४ टिभिका सिरहा समाचारदाता दिलिप कुमार सहनीलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेका छन् ।

क्वाइरेन्टाइनको अवस्थाबारे जानकारी लिन गएका पत्रकार सहनीलाई स्थानीय स्वंसेवक शोभित यादव र उनका साथमा आएका नागमणि यादवले गालीगलौज गर्दै दुव्र्यवहार गरेका छन् ।

‘क्वाइरेन्टाइनबाट मान्छे भागेको हल्ला चलेपछि बुझ्न जाँदा आफुलाई उनीहरुले यहाँ आउने तिमि को हो भन्दै दुव्र्यवहार गरेका छन्,’दिलिपले भने,‘आफु सहज रुपमा कुरा गर्न खोज्दा पनि उनीहरु उत्तेजित हुँदै गालीगलौज गर्दै ज्यान मरेर बोडरमा फाल्दिन्छु लासको सनाखत पनि हुदैन भन्ने समेत त्रासपूर्ण धमकी दिदै नजिक बॉर्डर तर्फ लैजान खोजेको उनले भने ।

’ क्वाइरेन्टाइन व्यवस्थापन पक्षकै त्रुटिकै कारण व्यक्ति भागेको हल्ला भएको र सोबारे बुझ्न जाँदा आफुमाथि व्यवस्थापन पक्षकै व्यक्तिबाट दुव्र्यवहार हुनु बिडम्वनाको कुरा रहेको पत्रकार सहनीले बताए ।

उनका अनुसार घटनाबारे एसपी,सिडियो र नगरपालिकाका प्रमुखलाई जानकारी दिदा हालसम्म कसैले राम्रोसँग सुनुवाई गरेको छैन् ।

पिडकहरुले आफुलाई पटक पटक धम्की दिँदै आएको उनले दुखेसो गरे । क्वाइरेन्टाइनमा खटिएकाहरु मध्ये केही व्यक्तिले मादक पदार्थ सेवन गरेर काम गर्दै आएको एक व्यक्तिले नाम प्रकाशन नगर्ने शर्तमा बताए ।

 

 
 

dilip

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१