कोरोनाको संक्रमण सिरहामा थप ५ देखियो

  • जेठ १३, २०७७
  • २३९७ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह लहान १३ जेठ । सिरहामा ५ जनामा थप कोरोना संक्रमित पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ को ३६, २६,२९,३७ वर्षिय पुरुष र नवराजपुुर गाउँपालिकाको १ गरी पाँच जनामा कोरोना संक्रमित भएको पुष्टी भएको जानकारी दिए । कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसुलेसनमा राखिएको उनले बताए । यता जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यका अनुसार संक्रमण भएको जानकारी आएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमितको बारेमा आधिकारिक पुष्टी गर्न बाँकी रहेको छ । यो संगै सिरहामा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१