ताजा समाचार

बिपन्न बस्तिमा राहत दिन पुगेका अभियनता जोडी सम्मानित भएर घर फर्के

  • जेठ १३, २०७७
  • १८४० पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १३ जेष्ठ । सिरहाको लहान नगरपालिका वडा नम्बर –२३ मा ५० घर बिपन्न परिबारलाई राहत बितरण गरेको छ । गाढा टोलका मल्लिक , सदा , चौधरी लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएका हुन । हिजो वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार हरुलाई राहत बाडेका थिए । राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , एक पाउ स्वाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए । राहत अभियनता जोडीले नेपालमा जबसम्म लकडाउन रहन छ तब सम्म हामी राहत बा डने कार्य निरन्तर चलिरहने छ नेपाल महिला संघका केन्द्रिय सदस्य संगिता कर्माचार्य सो कुरामा जोड दिनु भयो । अहिले सम्म दुई सय क्विन्टल चामल , एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीले बताए । लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी महेश र संगिता की जोडीले बताए । हाल सम्म करिब दुई हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , स्वाबिन लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको अभियान ता जोडी बताउनु भयो । मानबसेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हो धार्मिक बिश्वास रहेको राहत वितरणमा जोड दिनु भएको छ । महेश र संगिताले गरिरहेको कार्यको प्रसंसा सिरहा लगायत नेपालमा चर्चाको विषय बनेको छ । आफनो निजि लगानी र मनकारीहरुको सहयोग मार्फत निरन्तर राहत बितरण गरेको भन्दै उनिहरु सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापती दिनेश्वर प्रसाद गुप्ताका आमा वुवाबाट उनिहरु सम्मानित भएको हो । अन्दाजी ७३ बर्षिय प्रमेश्वर साहु बनीया र ७० बर्षिय पार्बती देबी बनिया बाट अभियनता जोडी सम्मानित भएको उनका कान्छो छोरा पत्रकार बिरेन्द्र नेपालले बताए । गम्छा ओढाएर उनिहरुले महेश र संगिता की जोडी लाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤