ताजा समाचार

दुई सय क्बिन्टल चामल जोडीद्धय द्धारा अन्नदान , आज फेरी बिपन्न बस्तिमा राहत

  • जेठ १२, २०७७
  • १६७४ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान १२ , जेष्ठ । नेपालमा लकडाउन भएको दुई महिना भन्दा बढी भएको छ । मजदुर बिपन्न लाई चुल्हो बाल्न समस्या परेको बेला सिरहाको लहानका एक समाजसेबी जेडीले लकडाउन भएको एक साता देखी अन्नदान लाई निरन्तरता दिएको छ । अहिले सम्म दुई सय क्विन्टल चामल , एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीले बताउनुभयो । आफनो निजि लगानी र लहानका केही मनकारीहरुको बिशेष सहयोगबाट राहत बितरण गरिरहेको सामाजिक अभियान्ता चौधरीले बताउनु भयो । उनिहरु लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी चौधरीका श्रीमती संगिता कर्मचार्यले बताए । करिब दुई हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , स्वाबिन लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको जोडीद्धयले बताए । उनिहरुका तिन छोरा छोरी मध्ये एक छोरा र एक छोरी अमेरीकामा छ भने एक छोरो अष्ट्रेलीयामा छन । छोरा छोरी लगायत मनकारीहरुको बिषेश सहयोगले आफु सामाजसेवा गरिरहेको चौधरीको कथन रहेको थियो । ‘मानबसेवा गर्नु नै ठुलो धर्म हो भन्ने मुख्य अभिप्रायका साथ राहत बितरण गरिहरेको उनिहरु बताउँछन । नगर भित्रका कोई बिपन्नलाई चामलको कमी भएको खण्डमा सिधा हामी दुई जोडीलाई सम्झिन उनिहरुले आग्रह गर्दै आईरहेका छन । महेश र संगिताले गरिरहेको कार्यको जिल्लाबसीले प्रसंसा समेत गरेका छन । यसैबिच आज सोमबार सिरहाको लहान नगरपालिका वडा नम्बर –२३ मा ५० घर बिपन्न परिबारलाई राहत बितरण गरेको छ । गाढा टोलका मल्लिक , सदा , चौधरी लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएको हो । हिजो आईतवार वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार बिपन्नहरुलाई राहत दिईएको थियो । राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , एक पाउ स्वाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए । अ आफनो निजि लगानी र मनकारीहरुको सहयोग मार्फत निरन्तर राहत बितरण गरेको भन्दै आज उनिहरु सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापती दिनेश्वर प्रसाद गुप्ताका आमा वुवाबाट उनिहरु सम्मानित भएको हो । अन्दाजी ७३ बर्षिय प्रमेश्वर साहु बनीया र ७० बर्षिय पार्बती देबी बनिया बाट जाडीद्धय सम्मानित भएको उनका कान्छो छोरा (पत्रकार) बिरेन्द्र प्रसाद नेपालले जनाए । गम्छा ओढाएर उनिहरुले जोडीद्धयलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤