ताजा समाचार

कविता : सुनसान

  • जेठ १०, २०७७
  • १५६५ पटक पढिएको
  • ओम प्रकाश
alt

 एकान्त वासमा जीन्दगी नै सुनसान भयो ,

परिवारिक ममताको ...

मिलनमा बज्र प्रहार भयो ।

प्रियजनको याद आऊँछ समयको शुन्यतामा...

भेट हुने होकी होईन आभार शुन्य अद्यतनमा ।

सपनीको रंगोलीमा प्रेमीलो यादहरु भुलेको छ ,

ईन्द्रेणीको रंग संगै ...

बलियो पीडालाई जीतेको छ ।

कहर आखिरमा कहर नै भयो कोरोना हिड्ने गलीहरुमा ...

डरमै जीवन बित्ने भयो अद्रिष्य कालको भूमरीमा... ।

कर्मको फल भोग्नु पर्छ रे...

प्रेम विहीन मानवताको बँगैचामा ,

सत्य पथ पालन गर्नेहरु राज गर्नेछन् रे ...!

स्वर्गको पहिरनमा । त्यसैले ...

करुणाले कोरोनालाई जीतौं मनुष्य बिचको सामाजिक दूरी राख्दै, मानवतालाई अंगाली राखौं ...

दीन दु:खीको पीडामा मलहम लगाऊँदै ।

एकान्त वासमा ... जीन्दगी नै सुनसान भयो ,

परिवारिक मवताको ... मिलनमा बज्र प्रहार भयो ।

स्वर्गरुपी घरमा ... अंधकारको जीत भयो ,

कोरोनाको दलनमा ... मानवताको हार भयो ।

कोरोनाको एकल ईजलाशमा प्रियजनको हार भयो ,

म्रित्युको फैसला संगै ... परिवारकै बेहाल भयो ।

एकान्त वासमा... जीन्दगी नै सुनसान भयो ,

परिवारिक ममताको ... मिलनमा बज्र प्रहार भयो ।

चराचुरुगींले स्वतन्त्रता पाए आकाश पनि सफा भयो ,

जंगलका जीवहरु रमेका छन् झड़नाको पानी कन्चन भयो ।

अनिकालको चपेटामा परेर देवस्थल पनि बिरान भयो ,

शक्तिको दूत अर्धमानव पनि भोकमरीको चपेटामा बेहाल भयो । शुन्यताको घडी़मा देव आत्माहरु चिन्ताको चिन्तनमा बिरान भयो , भष्मासूरको रण मैदानमा ...

सतीको पनि अपमान भयो । एकान्त वासमा ...

जीन्दगी नै सुनसान भयो , परिवारिक ममताको ...

मिलनमा बज्र प्रहार भयो । रचना - भोला प्रसाद लोहनी " पाञ्चाल "

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤