जसपाद्धारा लहान नगरपालिका – २४ मा रक्तदान

  • जेठ १०, २०७७
  • ९१२ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान १० , जेष्ठ । महामारीको बेला रगतको आभाव हुन थालेपछी सिरहाको लहान नगरपालिका वडा नम्बर – २४ गोबिन्दपुरमा रक्तदान भएको छ । नेपाल रेडक्रस सोसाईटी शाखा लहानको सहयोग र जनता समाजबादी पार्टी लहान नगर समिति तथा वडा समिति– २४ को आयोजनामा रक्तदान भएको जसपाका युवा नेता राम चलितर महतोले जानकारी दिनुभयो । जनता समाजबादी पार्टीका युवा नेता मनोज कुमार यादब , बलिराम यादब, संजय यादब , लगनलाल पासवान , संजय कुमार साह , राम चलितर दास , नागेश्वर यादब , संतोष शर्मा लगायत ४० जना जनता सामाजबादी पार्टीका प्रतिनिधि, समाजसेबी , बिधार्थीहरुले रक्तदान गरेका थिए । जनता समाजबादी पार्टीका क्षेत्र नम्बर– १ (क) का अध्यक्ष शितल कुमार साहको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रम पश्चात पार्टीको गतिबिधिबारे समिक्षा तथा छलफल समेत भएको बुझिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर प्रसाद गुप्ता , पार्टीका नेता भरत साह , अस्थायी प्रहरी पोष्ट पक्कीटोलका असई मो. सदरे आलम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१