ताजा समाचार

जसपाद्धारा लहान नगरपालिका – २४ मा रक्तदान

  • जेठ १०, २०७७
  • १०१९ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान १० , जेष्ठ । महामारीको बेला रगतको आभाव हुन थालेपछी सिरहाको लहान नगरपालिका वडा नम्बर – २४ गोबिन्दपुरमा रक्तदान भएको छ । नेपाल रेडक्रस सोसाईटी शाखा लहानको सहयोग र जनता समाजबादी पार्टी लहान नगर समिति तथा वडा समिति– २४ को आयोजनामा रक्तदान भएको जसपाका युवा नेता राम चलितर महतोले जानकारी दिनुभयो । जनता समाजबादी पार्टीका युवा नेता मनोज कुमार यादब , बलिराम यादब, संजय यादब , लगनलाल पासवान , संजय कुमार साह , राम चलितर दास , नागेश्वर यादब , संतोष शर्मा लगायत ४० जना जनता सामाजबादी पार्टीका प्रतिनिधि, समाजसेबी , बिधार्थीहरुले रक्तदान गरेका थिए । जनता समाजबादी पार्टीका क्षेत्र नम्बर– १ (क) का अध्यक्ष शितल कुमार साहको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रम पश्चात पार्टीको गतिबिधिबारे समिक्षा तथा छलफल समेत भएको बुझिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर प्रसाद गुप्ता , पार्टीका नेता भरत साह , अस्थायी प्रहरी पोष्ट पक्कीटोलका असई मो. सदरे आलम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤