सिरहाको धनगढीमाई – ३ मा आरसिसि ढलान

  • जेठ ९, २०७७
  • २०३९ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान ०९ , जेष्ठ । सिरहाको धनगढीमाई नगरपालिकामा वडा नम्बर– ३ मा आर.सि.सी ढलान कार्य सम्पन्न भएको छ । दुई वटा उपभोक्ता समितीद्धारा तिन सय १० मिटरको आरसिसि ढलान दुई ठाउँमा गरेको वडा नम्बर – ३ का वडा अध्यक्ष देबकुमार साहले जानकारी दिनुभयो । वडा नम्बर– ३ को कुरवा र अल्हुवाबाँध टोलमा ढलान कार्य भएको वडा अध्यक्ष साहले बताए । नगरपालिकाको ३० लाखको लगतमा स्थानिय प्रभास कुमार राय र बिनोद कुमार कामैत उपभोक्ता समितिको अध्यक्षहरुद्धारा सो कार्य भएको वडा अध्यक्षले जानकारी दिनुभयो । लकडाउनको समयमा काम गर्न धेरै नै कठिनाई भएको थियो, त्यसको बाबजुत पनी टोललाई विकास गर्न काम गरेको उपभोक्ता समितिहरुले बताए ।’ जसो तसो काम सम्पनन गरे एस्टिमेट अनुसार आफुहरु काम गरेको समितीले दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१