Siraha Times
ताजा समाचार

जागरुक समाज दुवारा बिपन परिवारलाई राहत

  • जेठ ९, २०७७
  • २१३९ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ९ जेठ - सिरहाको भगवानपुर गाउँ पालिकामा लकडाउनबाट प्रभावित बिपन परिवारलाई जागरुक समाज जिरोमाईल धनगढी १० ले १२५ घर धुरी ज्याला मजदुरी गर्ने परिवार लाई राहत वितरण गरेको छ् । जागरुक समाज को अध्यक्ष मुकेश कर्णले बताउनु भयो । वडा नम्बर ५ मा दलित बस्तीहरुको संख्या धेरै रहेकोले लकडाउनबाट प्रभावित परिवारलाई राहत बाडेका हुन । गरिबको पिडा बुझ्न जागरुक समाजले समुदायमा रहेको परोड शिक्षाको क्षेत्रमा काम गर्दै गरेका हुन् । गाउँ पालिका बाट बंन्चित र छुटेका अतिबिपन बर्गलाई राहत बाडेको गाउँ पालिकाका समाज सेबि तथा अध्यक्षका प्रत्यासी उग्र नारायण यादव को रोहवरमा राहत वितरण गरेका छन् । सिरहाको विभिन्न ठाँउमा राहत बाडने निर्णय गरेको जागरुक समाज जिरोमाईल धनगढीको शाखा प्रबन्धक सरोज साह ले बताउनु भयो । राहत बाडने कार्यक्रम ईनरवा बाट सुरु गरेको संस्थाको अध्यक्ष मुकेश कर्णले जानकारी दिनु भयो । प्रति घर धुरीलाई ८ किलो चामल ,१ किलो नुन , आधा लिटर खाने तेल ,१ किलो दाल , आधा किलो स्वाईमिन ,२ किलो आलु प्रति घर धुरीलाई वडा अध्यक्ष अमर लाल यादवको रोहवरमा वितरण गरेका सचिब लक्ष्मी पासमान ले जानकारी दिनु भयो । वितरण कार्यक्रममा चन्द्र कला पासमान , मन्जु देबि मोची ,ग्यात्री यादव लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थियो । सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो । जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई संस्थाको अध्यक्ष मुकेश कर्णले अनुराेध आग्रह गरेका हुन । पहिलो चरनको राहत बितरन कार्य समाप्त पछि अरु गरिब , असाहाई , बिपन परिवारलाई नगर पालीका बाट छुटेका लाई राहत दिएको समाज सेबि उग्र नारायण यादवले बताए । राहत लिने बिपन बर्गको समुहले राहत दिने संस्थालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१