जितन र लतिताको राहत बिपन परिवारमा

  • जेठ ८, २०७७
  • १२५२ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ८ जेठ - लकडाउन प्रभावित बिपन परिवारलाई राहत वितरण गरेको छ । सिरहाको धनगढी माई नगर पालिका वडा नम्बर ११ सोनापुर , नैनपुर गाउँमा रहेको अतिबिपन परिवारलाई समाज सेबि जितन यादव र ललिता यादवको मह जोडीले २०५ घर धुरी परिवारलाई राहत वितरण गरेको छ् । उक्त गाउँमा दलित गरिबहरुको बस्ती रहेको छ् । मह जोडीले प्रति परिवार १०किलो चामल ,१ पोका खाने तेल ,१ किलो दाल ,१ पोका नुन,१ पाउ स्वाईमिन १ किलो प्याज वितरण गरेको हो । वडा कार्यालय बाट छुटेका मुसहर , चमार , पासमान समुदायमा राहत बाडेका छन् । जितन र ललिताका जोडीले निरन्तर राहत बाडदै आएका हुन । मानव सेवा नै सबैभन्दा उतम सेवा हो भन्दै राहतलाई निरंतरता दिएका हुन् । गरिब लाई हेर्दा माया लागछ समाज सेबि ललिताले बताए आफु मात्र सुखी भए र हुँदैन सबैले खुशी हाम्रो खुशी हो बताए । सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो । जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई समाज सेबि जितन यादबले अनुराेध आग्रह गरेका हुन । पहिलो चरनको राहत बितरन कार्य समाप्त पछि अरु गरिब , असाहाई , बिपन परिवारलाई नगर पालीका बाट छुटेका लाई राहत दिएको समाज सेबि जितन यादवले बताए । सहयोगका लागी संजय पासमान, गोपाल पासमान , घुरन मंण्डल लगायतका सहयोगिहरु रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१