ताजा समाचार

पूर्व–पश्चिम राजमार्ग वपिरिको आँप संरक्ष हुन सकेन

  • वैशाख ५, २०७५
  • ८२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख ५ । पूर्व–पश्चिम राजमार्ग सिरहा र सप्तरी सडकखण्डमा रहेका आँपको संरक्षण नहुँदा वर्षेनी लाखौँ रुपैयाँको घाटा हुँदै आएको छ । राजमार्गको दुवैतर्फको छेउमा रहेका रुखबाट वर्षेनी पर्याप्त मात्रामा आँप फल्ने गरे पनि डिभिजन सडक कार्यालय लहानले संरक्षणमा ध्यान नदिँदा त्यत्तिकै खेर गइरहेको छ । संरक्षण नहुँदा आँप केही काँचो अवस्थामै झर्छ भने अरु गाडीका चालक र यात्रुले टिप्ने गरेको सिरहाको गोलबजारका श्रीप्रसाद साह बताउँछन् ।राजमार्ग छेउमा कति संख्यामा आँपको रुख छ भन्ने सडक डिभिजन कार्यालयसँग कुनै तथ्यांक छैन । अहिलेसम्म आँपको रुखको गणना नै गरिएको छैन । आँपको रुखको बोलपत्र आह्वान गरेर ठेक्का दिइनु पर्ने साहको भनाइ छ । “ठेक्कामा लगाउन सके पर्याप्त आम्दानी हुने सम्भावना छ,” उनले भने ।

सरकारले एक गाउँ एक उत्पादनमा जोड दिएपनि सिरहा र सप्तरीको राजमार्ग छेउमा हुर्केका आँपको संरक्षण हुन नसकेको लहान नगरपालिकाका किसान सत्रुधन चौधरी बताउँछन् । सिरहा–चोहर्वा सडक छेउमा रहेका तीन सयभन्दा बढी आँपका रुखको समेत संरक्षण हुन सकेको छैन । डिभिजन सडक कार्यालय लहानका प्रमुख रामकुमार देव जनशक्ति आभावका करण राजमार्ग छेउका आँपको संरक्षण गर्न नसकिएको बताउछन् । उनी भन्छन्, “कर्मचारी परिचालन गरेर आँपको संरक्षण गर्न सम्भव छैन ।” केही वर्षअघिसम्म राजमार्ग क्षेत्रका महिलाकै अगुवाइमा उपभोक्ता समिति बनाएर आँपको संरक्षणको प्रयास गरिए पनि ती समूह अहिले निष्क्रिय बनेका कारण आँपको संरक्षण हुन नसकेको देवले बताए ।

सिरहा र सप्तरीमा यसवर्ष मौसमले साथ दिएका कारण आँप उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । सिरहामा कूल पाँच हजार ६०० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । यसवर्ष ६७ हजार २०० मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामचन्द्र यादव बताउछन् । गतवर्ष कूल पाँच हजार ६०० हेक्टरमा ५० हजार ४०० मेट्रिक टन आँप उत्पादन भएको थियो ।त्यस्तै, सप्तरीमा पनि यसवर्ष आँप उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादव यसवर्ष जिल्लामा करिब ५६ हजार मेट्रिक टन आँप उत्पादन हुने बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤