ताजा समाचार

पत्रकारको आग्रहमा राहत बाँडन पुगे, जोडीद्धय सिसवनीका विपन्न बस्ती

  • जेठ ६, २०७७
  • १३५७ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान ०५ , जेष्ठ । लहान नगरपालिकाले राहत बितरण गरेको करीब एक महिना पुगेको छ । लहान नगरपालिकाले बाँडेको राहतमा प्रति परिवार १० किलो चामल , आधि पोका नुन , नुहाउने साबुन काटेर आधि , लुगा धुने साबुन आधि , आलु लगायतको राहत सामग्री पाएको लहान नगरपालिका वडा नम्बर– २२ का बिपन्नहरु बताउँछन । नगरपालिकाबाट दिएको राहत दुई चार दिन मात्र चलेको उनिहरुले बताए । जसो तसो दैनिक छाँक काटीरहेको छु’ भन्दै प्रदेश सरकारले नगरपालिकामा पठाएको रुपैयाको प्रति परिवार ५ किलो आँटा पनी पाएको लहान २२ की एक जना बिपन्न जानकी सदायले बताईन् । लहान नगरपालिका वडा नम्बर– २२ का बिपन्नहरुको आर्थिक अबस्था दयनिय भएकोले उनिहरुलाई छाँक टार्न धेरै कठीन रहेको कारण मनकारी महेश चौधरी र संगिता कर्माचार्यलाई सिसबनी टोलमा राहत बाँडन म संजय विश्वकर्माले आग्रह गरे । सामाजिक संजाल मार्फत आज सोमबार बिहान आग्रह गरेको एक छिन मै त्यै दिन राहत बाँडने तय भयो । जोडीद्धयले बिपन्न परिवारको तथ्याङ्क संङ्कलन गर्न नामावली पठाउन फेसवुक मार्फत मलाई आग्रह गरे । मैले सोही टोल बस्ने समाजसेबी नन्दीलाल सदायलाई तथ्याङ्क संकलन गर्न भने । समाजसेबी सदायले भरेको तथ्याङ्क अनुसार सो टोलमा बिपन्न परिवारको संख्या २५ पुग्यो । फेसबुक मार्फत बिपन्न परिवारको नामाबली मनकारी जोडीद्धयलाई मैले म्यासेन्जरमा पठाए । उनिहरुले आजै ४ बजे आउँछु भन्यो । दैनिक जस्तै उनिहरु दुईजना आफु बाईकमा सबार भएर उहि राहत सामग्री बोक्ने सिटी रिक्सामा करिब २ क्वीन्टल ५० किलो चामल , नुन, तेल लगायतका खाध्यान्न सामग्री बोकेर निर्धारित समयमै सो बस्ति पुगे । बिपन्न परिवार उनिहरु आउने आशमा बसेका थिए उनिहरु आए पछी बिपन्न परिवारहरु हर्षित भए । २५ परिवारलाई प्रति परिवारलाई १० किलो चामल, नुन, तेल, आलु लगायतको राहत सामग्री उनिहरुले बितरण गरे । राहत पाउँने एक जना बिपन्न सबुरीया सदायले मेरो घरमा आज चामल सकिएको थियो, म आज के खाने चिन्तामा थिए , धन्य यि जोडी आयो मेरो घरमा आज चुल्हो बल्ने निश्चित भयो ।’ स्थानिय सरकारहरु लकडाउनमा सुतेको एक जना बिपन्न भिखन सदायले बताए । भोट लिने बेलामा म यो गर्छु , त्यो गर्छु भन्ने निर्बाचित जनप्रतिनिधिहरु गोजीबाट एक रुपैया खर्च गर्न नचाहेको उनको भनाई रहेको थियो । ‘जोन्डाहा सब बैमान भगेलई’ एर्का बिपन्न रामरत्ती चौधरीले भनिन् ।’ आब भोट माग येतै त बहरनिहे बहरनीये झाटबै भन्दै उनिहरुले जनप्रतिनिधि समक्ष आक्रोश पोखे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤