ताजा समाचार

गम्हरियाका युवाहरु चन्दा संङ्कलन गरी बिपन्न परिवारलाई राहत बाडे

  • जेठ ५, २०७७
  • १५०८ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान ०५ , जेष्ठ । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ गम्हरीया टोलका युवाहरुद्धारा रामजानकी मन्दिरको प्राङ्गनमा सोमबार राहत वितरण भएको छ । रिङ्केश यादब , अमोद यादव लगायतका मनकारी १० जना युवाहरुको एक समुहले सम्पन्न बर्ग संग चन्दा संङ्कलन गरी बिपन्न बर्गमा राहत बाँडेको हो । पहिलो चरणमा २० बिपन्न घरपरिवारहरु छनौट गरी उनिहरुलाई प्रति परिवार ५ किलो चामल , २ किलो आलु , १ किलो प्याज , २ किलो आटा , १ पाकेट नुन , १ पाउ स्वाबिन लगायतका राहत सामग्री बितरण गरेको एक जना मनकारी युवा दिपेन्द्र यादबले जानकारी दिनुभयो । राहत पाउने एक जना बिपन्न शिवु सदायले भने सरकारले जारी गरेको लकडाउन राम्रै हो’ महामारीबाट बँच्न लकडाउनको महत्वपुर्ण भुमिका हुन्छ ,तर हामी जस्तो गरीब मान्छे सबै भन्दा बढी लकडाउन प्रभाबित भएको उनले बताए । न जग्गा छ न जमिन हामी के खाने ? काम गर्न जान्छु प्रहरीको डर हुन्छ , लकडाउनमा हामी जस्तो गरिबलाई दैनिक छाक टार्नलाई धेरै नै समस्या भएको उनको भनाई रहेको थियो । त्यस्तै सोही वडा लवटोलीका रामप्रसाद चौधरीले मनकारी युवाहरुलाई धन्यबाद दिदै गरिबहरुका लागी सरकारलाई राहतको छुट्टै प्याकेज ल्याउन आग्रह गरेका छन । मजदुर गरिबलाई चामलले मात्र हुदैन , केहि पैसाको ब्यबस्था पनी ब्यबस्था गर्न सरकारको ध्यानआकर्षन गराएका छन ।’ उनले भने– घरमा कोई बिमारी हुदाँ पैसाको आब्यश्कता भएकोले राहतका लागी मासीक केहि नगदको ब्यबस्था गर्न सारकार संग उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤