सिरहामा लागुऔषध सहित १ जना पक्राउ

  • जेठ ५, २०७७
  • ८५१ पटक पढिएको
  • श्रीकान्त झा
alt

सिरहा । ०४ जेठ । नेपाल भारतको सिमानाका सिल रहेको वखत एक जना भारी मात्रामा लागुऔषध सहित सिरहाबाट पक्राउ परेको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान एक युवकलाई पक्राउ गरिएको छ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १५ बाट लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–५ निवासी ३५ वर्षीय आमोद भन्ने विजयकुमार यादवलाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार स २ प ८५२६ नंको मोटरसाइकललाई जाँच गर्दा लागुऔषध कोरेक्स ११ बोतल, नाइट्रोभेट ७० थान बरामद भएपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका यादव केहि दिन पहिला मिर्चैया नगरपालिकाले गरेको राहत वितरणमा होहल्ला गर्नुको साथै झैझगडा समेत गरेको थियो पटक पटक अपराधिक गतिविधिमा संलगनमा यादव पर्दै गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१