Siraha Times
ताजा समाचार

लहान अस्पताललाई कोरोना अस्पताल बनाउने प्रदेश – २ को निर्णय प्रति स्थानीयमा त्रास : युवाहरुले गरे प्रदर्सन

  • जेठ ३, २०७७
  • २०६८ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा, ३ ज्येष्ठ । सिरहाको लहान अस्पताललाई कोरोना अस्पताल बनाउने प्रदेश – २ सरकारको निर्णयलाई गलत भन्दै लहानका स्थानीयले घोर बिरोध गरेका छन । अस्पतालको वरिपरि घना बस्ती रहेको ले सम्भावित खतरा हुन सक्ने भन्दै लाहानका युवाहरूले प्रदेश सरकारको यो निर्णयविरुद्ध अस्पताल कै परिसरमा पत्रकार भेला गरेका थिए । जनता समाजवादी पार्टीका युवा नेता ललित नारायण महतो ले भने ‘प्रदेश सरकार ले रा.उ स्मारक अस्पताललाई कोरोना उपचार गरिने केन्द्र बनाँउदा यहाँका वासीहरु संक्रमीत हुने खतरा बढी छ । घना बस्ती भएको ठाउँ छोडी बलान पुल नजिकै रहेको कभर्ड हलमा उपचार केन्द्र बनाउन महतोले प्रदेश सरकारलाई आग्रह गरे ।’ अर्का युवा नेता मनोज यादव (मन्जे) ले प्रदेश सरकारले लिएको यो निर्णय खारेजीको माग गरेका छन । उनले भने “कोरोना अस्पताल नै बनाउनु छ भने बस्तीबाट टाढा रहेको जे.एस क्यामपसमा बनाउनु पर्छ ।” त्यसैगरी अर्का युवा भोलाजित नेपालले सरकारको यो निर्णयलाई आत्मघाती निर्णयको संज्ञा दिएको छ । नेपालले प्रश्न गरे ‘प्रदेश सरकारले कुन हिसाबले यस अस्पताललाई कोरोना उपचारको लागि चयन गर्‍यो ? उनले बरु धनगढी माई नगरपालिका छपराडी स्थित महेन्द्र गेनाई महतो अस्पतालमा केन्द्र राख्न सरकार समक्ष आग्रह गरे । नेपालको अनुसार छपराडी स्थित यो अस्पताल मानवीय वस्ती भन्दा निकै टाढा रहेको ले उपयुक्त हुने दावी गरे त्यसैगरी लाहान -३ निवासी निर्वाचित महिला सदस्य नगिना देवी पासमान ले भनिन “सरकारले गरेको यो निर्णय सरासर गलत हो । यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाए पछि गरिब बिपन्नले आखिर आफ्नो उपचार गराउन कहाँ जाने? उनको भनाई छ “गर्मीसँगै सर्प दंशका घटनाहरु समान्य छन यहाँ । यदि त्यस्तो घटना भयो भने आखिर हामी कहाँ जाने? हाल सम्म यहि अस्पतालमा कम खर्चमा हामी प्रसुती सेवा लिईरहेको अवस्था छ । भोलि गएर हामी जस्ता गरिब बिपन्नहरुको अवस्था के रहला?”

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१