ताजा समाचार

बिपन्न समुदायम भन्छन् महेश र संगिताकै कारण हामी अहिले सम्म बाचेका छौँ

  • जेठ २, २०७७
  • १११८ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २ जेठ - लकडाउनका कारण समस्यामा परेका परिवारलाई सिरहाको लहान नगर पालिका वडा नम्बर २४ गोबिन्दपुर को मुसहर बस्तीमा नगरपालिका बाट राहत नपाएका बृध,एकल महिला,असहाय,अपांग तथा बिपन्न बस्तीमा राहत वितरण गरिएको छ। समाज सेवी एवं काँग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगिता कर्माचार्यले लकडाउनका कारण ज्यलामजदुरी गर्न नपाएर समस्यामा परेकालाई विपन्नलाई राहत वितरण गरेको हुन्। उनीहरुले वितरण गरेको राहत समाग्रीमा १० किलो चामल ,१ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु वितरण गरेका छन्। चौधरीलाई राहत सहयोगमा मनोकामना बोर्डिङ स्कुल लहान संचालक बद्री चौधरी,लोटस बोर्डिङ स्कुल संचालक सुदिप चौधरी ,एपलो ॐ बोर्डिङ स्कुल लहान को आर्थिक सहयोगमा ४० घर घुरिको राहत वितरण गरेको छ् ।सुकम्वासी, दलित,एकल महिला,फरक क्षमता भएका र ज्याला मजदुरी गरेर दैनिकी चलाउन आएका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको महेश चौधरीले बताए । उनले लकडाउनको यस डेढमहिनाको अबधिमा करिव एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको बताए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤