ताजा समाचार

सिरहाको भगवानपुर गाउँपालिकामा विपन्न तथा दलित परिवारलाई पहिलो प्राथमिकता राहत वितरण कार्य सुरु

  • जेठ १, २०७७
  • १६८५ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १ जेठ - बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई गाउँपालिकाले राहत सामग्री बितरण गर्ने भएको छ । सिरहाको भगवानपुर गाउँपालिकामा आजदेखी राहत वितरण कार्य सुरु गरिएको हो। वडा ३ र ५ का ३०० दलित घरपरिवारहरुलाई राहत वितरण गरिएको हो ।गाउँपालिकामा दलित, अति विपन्न परिवारहरुलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य सुरु गरेका हुन् ।भोलि वाडा ३ र ५ मा राहत वितरण कार्य पुरा गरि वाडा नम्बर १,२ र ४ मा पनि राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताउनुभयाे । भगवानपुर गाउँ पालिका भित्र ५ वडा रहेको छ। यि नै हुन अध्यक्षहरु वडा नम्बर -१ बद्री नरायण यादव ,वडा -२ तेजुलाल चौधरी ,वडा ३ हरि नारायण यादव वडा- ४ बिन्देश्वर साह ,वडा ५ अमरलाल यादव रहनु भको छ । सबै वडा कार्यालयहरुमा राहत वितरणमा अध्यक्षहरु बेस्त देखिन्छ ।

राहत वितरण सामग्रीमा गुणस्तरीय चामल २५ किलाे, दाल २ किलाे , नुन १ किलाे र तेल १ लिटर गरि वितरण गरेकाे गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादवले बताउनु भयो । राहत लिने लक्षित वर्गहरुले राहत ढिलाे भएपनि गुणस्तरीय र राम्रो प्यकेज पाएकोमा खुशी व्यक्त गरेका हुन। सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो। जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्षले आग्रह गरेका हुन । पहिलो चरणको राहत वितरण कार्य समापन पछि अरु गरिब ,असहाय बिपन्न परिवारहरुलाई गाउँपालिकाको अध्यक्षसंग समन्वय गरि राहत वितरण गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤