ताजा समाचार

बिपन्न परिवार जोगाउन समाज सेबिको राहत

  • जेठ १, २०७७
  • १२६० पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १ जेष्ठ - राहत अभियताहरुको टोलि बुधबार सिरहाको लहान नगर पालिका वडा नम्बर ८ स्थित रहेको बिपन्न बस्तीमामा पुगेका छन् । सरकारी सहयोग विना नै चैत १९ गतेदेखि बैशाख ३१ गतेसम्म लगातार चर्को घामको ख्याल नगरी दैनिक विपन्न बस्तिमा राहत दिन निस्किने जोडि बैशाख ३१ गते लहान नगरपालिकाको वडा नं. ८ पुगेका हुन् । नगरपालिकाबाट राहत नपाएकाहरुलाई खोजीखोजी राहत वितरण गरिरहेका समाजसेवी तथा नेपाली कांग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्मचार्य अहिले देशमै लगातार राहत वितरण गरिरहने जोडीमा परेका छन् । अर्का समाजसेवी जितन यादव र ललिता यादवको महजोडीले लगातार समेत राहत समाग्री उपलब्ध गराउँदै आएका छन् । जितन यादवको श्रीमती ललिता यादव धर्मिक महिलाको रूपमा चिनिन्छ । ललिता बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्ने गरेको उनकी परिवाजनले बताए । उनको छोराहरु पनि सहयोगि भवनाको हुनुहुन्छ । छोराहरु अर्जुन कुमार यादव ,अरुण कुमार यादव , बिरेन्द्र कुमार यादव हुन् । राहत वितरण कार्यक्रममा श्याम सोनी साह भोरेभोरको बिशेष पहल रहेको चौधरीले बताए ।जितनको छोराहरु पनि सानै देखी सहयोगि भवनाको हुनुहुन्छ भने समाजमा चर्चा भईरहेको स्थानीयहरु बताउँछन् । राहतमा १० किलो चामल ,१ किलो दाल , १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु १ किलो प्रबल ,१ पाउ स्वाईबिन वितरण गरेको हो। महेश र संगिताको छोरा छोरी अध्ययनका लागि अष्ट्रेलिया गएका छोरा अभिषेक र अमेरिका गएका छोरा किसन र छोरी स्मीताले बुवा आमालाई लकडाउनबाट समस्यामा परेकालाई सहयोग गर्न प्रोत्साहन गरिरहेका छन् । तर कतिपय मानिसहरु छुटफुटमा परेका, नागरिकता नभएका, डेरा गरी बस्ने र सुकुम्बासीहरु, दलित परिवार, एकल महिला, फरक क्षमता भएका, मजदुर, रिक्सा, ठेला हाक्नेहरुलाई लक्षित गरी राहत वितरण गरिरहेका महेश चौधरी र संगीता कर्मचार्यले २६ दिनमा एक हजार भन्दा बढी परिवारलाई राहत बाँडेका छन्

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤