ताजा समाचार

बिपन्नको राहत बाँडनमा कहिले पछाडि नहटने : समाज सेबि चौधरी दाबी

  • वैशाख ३१, २०७७
  • १७१५ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ३१बैशाख - नगरपालिकाबाट राहत नपाएकाहरुलाई खोजि गर्दै राहत वितरण गर्न समाजसेवी तथा नेपाली कांग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्मचार्यले अहिले देश ब्यापीरूपमा लगातार राहत वितरणमा पहिलो समाज सेबिको रूपमा छिनिएका छन् । यि जोडीहरुले गरिबको छाक टार्नमा सहयोग गर्न गरिबको घर नगरपालिकाको वडा नं. १५ मोहनपुरमा ३० घर धुरी लाई प्रति परिवार १० किलो चमाल,१ किलो दाल,१ कोलो आलू ,१ किलो नून बितरण गरेको हो । राहत बाँडने जोडीका छोरा छोरी अध्ययनका सिलसिलामा बिदेश तिर अष्ट्रेलिया गएका छोरा अभिषेक र अमेरिका गएका छोरा किसन र छोरी स्मीताले बुवा आमालाई लकडाउनको कहरमा परेकालाई सहयोग गर्न प्रोत्साहन गरिरहेका छन् । राहत नपाउनेहरु निर्वाचनमा जितेर गएका नेताहरुका बारेमा रिस पोख्दै महेश र संगितालाई सुनाउ छ, भोट दिएर जिताउछु उनिहरु यस्तो बिपत्तिको बेलामा एक पल्ट पनि गरिब दुख सुन्न फर्के आउदैन भन्दै भोट लिने बेला खुट्टा ढोगन आउछ जितेर गएपछि भेटनै आउँदैन । ’ कम्तिमा लहानमा कोही भोकै मर्ने छैनन्, भन्ने प्रमाणित गरेर देखाउन सफल भएका चौधरी दम्पत्तिलाई सहयोग गर्ने दाताहरु पनि छन् । नगरपालिकाले समेत राहत वितरण गरिरहेको छ । तर कतिपय मानिसहरु छुटफुटमा परेका, नागरिकता नभएका, डेरा गरी बस्ने र सुकुम्बासीहरु, दलित परिवार, एकल महिला, फरक क्षमता भएका, मजदुर, रिक्सा, ठेला हाक्नेहरुलाई लक्षित गरी राहत वितरण गरिरहेका महेश चौधरी र संगीता कर्मचार्यले २६ दिनमा एक हजार भन्दा बढी परिवारलाई राहत बाँडेका छन् । समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीलाई अर्का समाजसेवी जितन यादव र ललिता यादवको जोडीले लगातार समेत राहत समाग्री उपलब्ध गराउँदै आएका छन् । राहतमा सहयोग गर्ने माखन भोग स्वीटस एण्ड चार्ट संचालक रोशन अग्रवाल ,लक्की इंटरप्राइजेजको प्रोपाईटर सन्तोष साह , सुभलक्ष्मी इंटरप्राइजेजको संचालक अशोक चौधरी, लहानको अस्पताल चौक स्थित रहेको श्रेया पोलिकिल्निकको संचाल डाक्टर शुशिला सिंह ले महिला रोग बिशेषज्ञ समेत रहनु भएको छ। महिलाकै हकमा राम्रो अनुभव भएको हो कार्यको सिलसिला अञ्चल अस्पताल जनकपुर र लहान अस्पताल लगायत दर्जनौं सरकारी र प्राईभेट अस्पतालमा कार्यरत समेत रहनु भएको छ् । डाक्टर शुसिला सिंहको श्रीमान डाक्टर शुनिल कुशवाहा सिरहा सप्तरीमा बालबिषेशज्ञमा राम्रो अनुभव र राम्रो चर्चामा रहेका छन् । डाक्टर कुशवहा लहान अस्पतालको बिगत लमो सम निमित्त प्रमुख र २ बर्ष देखी अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएका हुन् ।डाक्टर कुशवाहाको श्रीमती डाक्टर सिंहले सप्तरी जिल्लाको कदमाहा स्थित उतिम लाल मेमोरियल अस्पतालको संचालक समेत रहनु भको हो , डाक्टर कुशवाहाले राहतमा हिजो सहयोग गरेका हुन । समाज सेबि पहलाद साप्कोटाको राहत वितरण कार्यमा विशेष सहयोग रहेकोे छ । विपन्न परिवारलाई राहत वितरण गरिरहँदा सबै खुसी अनुभुति गरिरहेका थिए । बुधबार पनि लहान ८ मा र बिहिवार सिरहाको बर्दमार्मा बाडने योजना रहेको चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤