ताजा समाचार

कटारीमा वन कार्यालय नै विकासको वाधक बनेको उद्योगीको दावी

  • वैशाख ३०, २०७७
  • १५५७ पटक पढिएको
  • ओम प्रकाश
alt

कटारी उदयपुर । वैशाख २९, सोमवार । उदयपुरको कटारी नगरपालिका ८ गान्टारबाट चुनढुंगा ढुवानी गर्दै आई रहेको सिद्धिचरण मल्टीप्रपोजले डिभिजन वन कार्यालय त्रिवेणी कटारीले आफुहरुको जेसिवी पक्राउ गरेर विकास निर्माणको काममा अवरोध गरेको बताएको छ । सयौं मानिस आवत जावत गर्ने १५वर्ष पूरानो सडकमा आफुहरुले पक्की नाला निर्माणका लागि खन्दा जेसिवी नै पक्राउ गरेर डिभिजन वन कार्यलय कटारीले विकासको काममा अवरोध गरेको उसले दावी गरेको हो । “हामीले स्थानीयसँग भएको सहमति अनुसार सम्बन्धित निकायकोे स्वीकृति लिएरै सडकमा पक्की नाला निर्माणका लागि जेसिवी प्रयोग गरेका हौं वन मास्न गरेका हैनौं”–मल्टीप्रपोजका अध्यक्ष सूर्य लामाले भन्नु भयो । उहाँले आफुहरुले कटारी नगरपालिकाको वडा नम्बर ४, ७, ८ र ९ का वडावासीको हितमा सडक निर्माणको काम गरेकोले डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको आफुहरुको जेसिवी निःशर्त छोड्नु पर्ने माग गर्नु भएको छ । जसले जनताको हितमा काम गर्छ, उसैलाई वन मासेको आरोप लगाएर जेसिवी नियन्त्रणमा लिने वन कार्यलयको कदम उचित नभएको मल्टीप्रपोजका अर्का संचालक धिरज खड्काले भन्नु भयो । अरुले वनमा डोजर लगाउँदा सम्म केही भएन हामीले सडकमा पक्की नाला निर्माण गर्दा अपराध भयो ? संचालक खड्काले प्रश्न गर्नु भयो । साथै उहाँले नाला खन्न प्रयोग भएको जेसिवी सिद्धीचरण मल्टीप्रपोजको नभई युनाईटेड कन्ट्रक्सनको भएको पनि बताउनु भएको छ । आफुहरुले भाडामा प्रयोग गरेको जेसिवी वन कार्यालयले नियन्त्रणमा लिएकोले अविलम्ब छोड्न समेत उहाँले आग्रह गर्नु भएको छ । यता डिभिजन वन कार्यालय त्रिवेणी कटारीका प्रमुख वन अधिकृत उपेन्द्र प्रसाद पटेलले आफुहरु विकासको वाधक नभएको तर आफुहरुलाई थाहै नदिई वन क्षेत्रमा सडक खनेकोले जेसिवी नियन्त्रणमा लिएको बताउनु भयो । जेसिवी पक्राउको विषयमा अनुसन्धान भई रहेकोले पक्रिया पुरा गरी छोडिने उहाँले बताउनु भयो । डिभिजन वन कार्यालय त्रिवेणीले गत शनिवार कटारी ४ स्थित मरुवाहरित सामुदायिक वन क्षेत्रबाट ना १ क ५४७३ नम्बरको जेसिवी नियन्त्रणमा लिएको थियो । जेसिवी नियन्त्रणका क्रममा वन कार्यलयका एक कर्मचारी समेत घाईते भएका थिए । नियन्त्रित जेसिवी डिभिजन वन कार्यालयमै राखिएको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤