ताजा समाचार

वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

  • वैशाख ५, २०७५
  • १२१८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ चैत्र ०४ । नयाँ वर्षको अवसरमा बैशाख ५ गते देखि सिरहाको लहानमा संचालन भइरहेको वडा अधक्ष कप वडा स्तरीय टि–टवान्टी क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । लहान नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा भइरहेको प्रतियोगितामा लहान नगरपालिकाका वडा नं. १ देखी २४ सम्मका स्थानिय वडा स्तरका क्रिकेट खेलाडीहरुको सहभागिता रहने भनिए पनि १६ वटा वडाले मात्र सहभागिता जनाएका छन्। १६ वटा टिमको सहभागिता रहेने उक्त क्रिकेट प्रतियोगीतामा स्थानिय युवाहरु लाई लक्षित गरि क्रिकेट खेलप्रति रुची बढाउन र क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बैशाख ५ गते बुधबार विहान ११ बजे पशुपति आदर्श उच्च माविको खेल मैदानमा प्रमुख अतिथि पुर्व सुचना तथा संचार मन्त्रि तथा सिराहा ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राज किशोर यादवको हात बाट हुने लहान वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोले जानकारी दिनुभएकोछ।

प्रतियोगिताको अनुमानित खर्च ३ लाख ८० हजार ७ सय रहेको छ भने २ लाख वडा अध्यक्ष महतोले आफ्नो कोष बाट दिएको र प्रतियोगितामा हुने बाकि खर्च बिभिन्न संघसंस्था र बिज्ञापन बाट आउने बताएका छन्।प्रतियोगितामा लहान वडा नम्बर १,३,४,५,६,७,८,१०,११,१३,१७,१९,२०,२१,२२ र २३ गरि १६ वडा सहभागी भएका छन्। प्रतियोगिताको पहिलो खेल बैशाख ५ गते वडा नम्बर ४ र ६ बीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा पहिलो हुने वडा लाई २५ हजार नगद , शिल्ड ,मेडल संगै प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने वडा लाई नगद १५ हजार सहित शिल्ड मेडल , प्रमाण -पत्र प्रदान गरिने छ । वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको मिडिया पाटनर शेख मिडिया हाउस प्रालि लहान ८ रेडियो सरगम ९३ मेगाहर्ज रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤