ताजा समाचार

आज फेरी १२ क्विन्टल ५० किलो चामल वाडे

  • वैशाख २८, २०७७
  • १४०५ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान २८, वैशाख । चर्को घामको ख्याल नगरी दैनिक विपन्न बस्तिमा राहत दिन निस्किने जोडि आज सिरहाको लहान नगरपालिका वडा नम्बर १९ को सदा , राम ,पासवान लगायत विपन्न समुदायको बस्तिमा पुगेका छन । १ सय २५ परिवारलाई राहत दिने योजना बनाई महेश चैधरी , संगिता कर्माचार्यको जोडि लगायत समाजसेवी जितन यादवको टोलि त्यहाँ पुगेका थिए । सिटि रिक्सामा १२ क्युनटल ५० किलो चामल , तेल, स्वाविन, नुन लगायतको राहत सामग्री थियोे । बिपन्न परिवार बिहान देखि यी जोडि कति खेर आउँछ आश र प्रतिक्षामा बसेका थिए । आज के खाने चिन्तित विपन्नहरु परिवारको घरमा राती चुल्हो बाल्न चिन्ता थियो उनिहरुलाई देख्ने बितिकै हर्षित भएको एक जना विपन्न कारी रामले बताए । नेतालाई भोट दिएर जिताउछु उनिहरु यस्तो बिपत्तिको बेलामा एक पल्ट पनि आउदैन भन्दै भोट लिने बेला हजुर हजुर भन्छ जितेर गएपछि कुरा परिवर्तन गर्छ उनले गुनासो गरे । पकेटबाट खर्च गरेर कमै मान्छे बिपत्तिको बेला सामाजिक कार्य गर्ने गरेकोले यस्तो मनकारी जोडीलाई सलाम छ बिपन्न परिवारहरु बताउछन । महेश र संगिताको एक छोरा अस्ट्रेलियामा छन भने एक छोरा र छोरी अमेरिकामा छन् । उनिहरु एपोलो बोर्डिङ स्कुल लहानका संचालक पनि हुनुहुन्छ । बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्ने उनिहरुलाई छोराछोरी पनि सहयोग गरिरहेको उनिहरु बताउँछन् । वुवा पैसाको चिन्ता नलिनुस बिपत्तिको बिपत्तिको वेला सहयोग गर्नुस हामी पनि साथ दिन्छौ महेश चैधरीले बताउनु हुन्छ । छोरा छोरी लगायत राहत वितरण गर्न मलाई निरन्तर साथ दिने सम्पुर्ण शुभचिन्तक सहयोगी हाथ र मनहरुलाई उनिहरुले धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤