ताजा समाचार

लक्ष्मिपुर पत्तारी गाउँपालिकामा घरमै भत्ता पाएपछी बृद्ध बृद्धा खुसी

  • वैशाख २७, २०७७
  • १७९२ पटक पढिएको
  • श्रीकान्त झा
alt

संजय विश्वकर्मा लहान २७ , बैशाख । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिकामा टोल मै सामाजिक सुरक्षा भत्ता बितरण भैरहेको छ । एकल महिला , अपाङ्ग , जेष्ठ नागरिक , दलित जेष्ठ नागरिकहरुलाई बैङ्कबाट दिने भत्ता घरमै गएर बितरण गरिरहेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो । लकडानका कारण जेष्ठ नागरिकहरुलाई बैङ्कमा पैसा निकाल्न समस्या पर्ने भएकोले एक चरणका लागी कोलनीकाबाट अनुमती लिएर टोलमै भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष साहले बताएका छन । भत्ता वितरण गर्न सचिब वडा अध्यक्ष लगायत गाउँपालिकाका एक जना कर्मचारी पठाएको उनले बताए । मंसिर देखी फल्गुन सम्म दोस्रो चौमासिकको भत्ता बितरण भै रहेको प्रमुख प्रशासकिय अधिकृत धनिकलाल यादबले बताए । एनसीसी , माछापुच्र्छे एआईसी बैङ्कमा सामाजिक सुरक्षा भत्ता पाउनका लागी सेवाग्राहीको खाता खोलीएको छ । स्थानिय सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै गाउँ मै भत्ता बाँडन कार्यपालिकाले समेत निर्णय गरेको उनले बताए । वडा नम्बर २ मा सम्पन्न भैसकेको छ बाँकी वडा नम्बर १ ,३ ,४ ,५ , ६ मा बितरण भैरहेको हो । सोही गाउँपालिका वडा नम्बर ४ का बिजली दास तत्माले दलित जेष्ठ नागरीकको रुपमा प्रति महिना २ हजारका दरले ८ हजार रुपैया पाएपछी खुसी हुदै भने लकडाउनमा पैसाको धेरै खाँचो थियो यो पैसाले दैनिक छाक टार्न धेैरै नै राहत भयो ।’ सोहि वडाका अर्की एकल महिला सुरजबती देबी सिंहले पैसा घरमै दिएकोमा गाउँपालिकाका जनप्रतिनिधि सहित कर्मचारीलाई धन्यबाद दिए । गाउँपालिकामा २ हजार ३ सय ७५ जना सामाजिक सुरक्षा भत्ता पाउने संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤