ताजा समाचार

राहत अभियनताको राहत वितरण गर्ने कार्यजारी :

गरिबलाई आशा पलाउदै

  • वैशाख २७, २०७७
  • ९२४ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २७ बैशाख - सिरहामा लकडाउन प्रभावित समुदाय लाई दुई जोडीको राहत वितरण गर्ने अभियान जारी नै रहेको छ् । सिरहाको लहान नगर पालीका १ मा ४५ घर धुरी लाई राहत वितरण गरेको हो । कोरोनाको कहरको मार मा परेका परिवारलाई राहत वितरण गरेको हो । लहान भन्दा बाहिरबाट आएर कोठा भाडामा बस्दै आएको र सानो ब्यबसा यि गरेको जिबिको पार्जन गर्दै आई रहेको ज्याला मजदुरहरुलाई कहरको भोकमरीबाट जोगाउन सम्मान स्वरुप राहत बाडेको हो । समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले हिजो दुई स्थान राहत बाडने अभियान जारी नै राखेको छ् लहानको २ स्थानमा राहत वितरण गरेका हुन । लकडाउनको मारमा परेका लहान नगरपालिका अन्तर्गत रहेका पिडितहरु लाई राहत उपलब्ध गराएका छन। लकडाउनको प्रत्यक्ष मारमा परेका लहान १ मा घर भाड़ामा बस्ने दैनिक ज्याल्ला दारीको काम गर्ने,कलेज़ पढ़ने बिधार्थी तथा एकल महिला तेसैगरी लहान ८ मा नागरिकता नभएका बृध,एकल महिला,दलित तथा बिपन्न परिवारलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडी अर्का समाज सेबि जितन यादव र ललिता यादवको जोडीले शुक्रबार खाद्यान्न सामग्री उपलब्ध गराएका थिए। थपिदै गरेको लकडाउनका कारण गरिब, विपन्न परिवारहरुको बिचल्ली भएको छ् । साथै राहतमा सहयोग गर्ने माखन भोग स्वीटस एण्ड चार्ट संचालक रोशन अग्रवाल ,लक्की इंटरप्राइजेजको प्रोपाईटर सन्तोष साह , सुभलक्ष्मी इंटरप्राइजेजको संचालक अशोक चौधरी, समाज सेबि पहलाद साप्कोटाको राहत वितरण कार्यमा विशेष सहयोग रहेकोे थियो । मनकारी जितन यादव,ललिता यादव र एपोलो ॐ स्कुलको संन्चालक समेत रहेका छन ।राहतमा १० किलो चमाल,१ किलो आलू,१ लिटर तेल ,१कोलो फर्सी, १ किलो दाल र १ किलो नून सहित १०५ परिवार लाई शुक्रबार राहत उपलब्ध गराएको समाजसेवी चौधरीले बताए । उक्त डबल जोडी महेश चौधरी , संगिता कर्माचार्य र जितन यादव, ललिता यादवको क्रमाहन जोडीले राहतमा निरन्तरता दिईएका छन् । शनिबार पनि लहान नगर पालिका ५,६,८ भित्र कुल्ली , ठेला चालाए र जिबिको पार्जन गर्ने मजदुरहरुलाई शनिबार लहानको सडक बिभागको प्रागनमा राहत वितरण गरेका छन् । राहतमा ३ काटुन खाने तेल ,६० पोका नुन , ६ सय किलो चामल ६० जनाको घर धुरी लाई राहत वितरण गरेको ललिता यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤