ताजा समाचार

राहतमा पनि विभेद कल्याणपुर ६ का सम्पन्नलाई राहत,विपन्नलाई आस्वासन व्यापक राजनिति भएको स्थानियको गुनासो

ऋाखिन विपन्नलाई आएको राहतामा राजनिती किन यो एउटा आफैमा उुम्रीने प्रश्न हो

  • वैशाख २२, २०७७
  • ८६७ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा । २२ बैसाख । लकडाउनको दुई महिना पछि राहत वितरण गर्दा पनि त्यसमा समेत विभेद भएको हो । सिरहाको कल्याणपुर नगरपालिका वाडा नम्वर ६ मा विपन्न तथा आयस्रोत लकडाउनमा स्थगित तथा आयआर्जन नभएका दैनिक ज्यालादारीमा काम गर्ने गरिब तथा विपन्न परिवारले राहत नपाएपछि निरास भए संगै आक्रोस भएको छ । राहत वितरणको क्रम्मा आफनो पन तथा राजनितिक हिसवले विभेद गर्दै विगहौ जग्गा जमिन भई सम्पन्न भएकालाई राहत वाडिएको छ भने दैनिकी ज्यालादारी गर्ने तथा सरकारी नियम अनुसर तोकीएको वर्गलाई राहत नपाएको कल्याणपुर नगरपालिका वाडा नम्वर ६ का स्थानिय एक व्यक्तिले आफनो नाम नखोलिदिने र्सतमा बताए ।
त्यस्तै एक जना कल्याणपुर नगरपालिका ६ भोक्राहा निवासी एक महिलाले वताए मेरो श्रीमान वैदेशिक रोजगारमा छन् । करोना भाईरसका कारण विदेश मै छन् । मेरो सासु ससुराहरुले अलग गरिदिएका छन् । जसमा नामावली संकल गर्नगएका समय मेरो ससुराहरुको नाम संकलन गरि राहत दिएको छ भने मलाई छाडिदिएपछि आफु राहत किन न दिएको भन्दै वाडा कार्यलयमा गएर आक्रोस पोक्दै मिडिया समक्ष भने आशा लिएर आएका थिए तर राहत आग्रमि दिनमा दिने भने पछि निराश भएर रितै घर घुमन वाध्य भए अव आफनो जिवन तथा छाक कसरी टाल्ने भन्ने सोचमा रहेको वताईन् ।

कल्याणपुर नगरपालिका वाडा नम्वर ६ मा अहिले राहत वितरणको काम जारी रहेको छ तर यसमा पनि काखा पाखा भएको. देखियो । राहत गरिब विपन्न परिवारलाई छाडेर धनि मानिसलाई नै दिने गरेको स्थानियहरुले आरोप लगाए ।  एक वृद्धले आक्रोश पोख्दै भने ‘सरकारले हाम्रो लागी लकडाउन खोलि देओस, भोकै मर्नु नै छ अब त्यसै पनि मर्न हामी तयार छौँ ।’त्यस्तै राहत लिन पुगेका अर्का व्यक्ति सलिम हुसैन समेत विना राहत घर फर्केका छन् । यता वडाध्यक्ष मोतीवुल राईनले राहत वितरणमा कुनै प्रकारको विभेद नभएको दावी गर्दै राहत वितरण कार्य सम्पन्न गरेर मिडियामा वोल्ने वहाना लगाएर मिडिया समक्ष वोल्न हिच्कीचाहट गरे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤