Siraha Times
ताजा समाचार

सिरहाको नवराजपुर गाउँ पालिकामा दलित परिवारलाई पहिलो प्राथमिकता राहत वितरण कार्य सुरु

  • वैशाख २१, २०७७
  • १३७४ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २१ बैशाख । लक डाउनबाट प्रभावित सिरहाको नबराजपुर गाउँ पालिकाका वडा नम्बर ३ बाहेक सबै वडाका दलित परिवार परिवारलाई राहत वितरण सम्पन्न भएकाे छ । सिरहाको नवराजपुर गाउँ पालिकामा दलित परिवारलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य सुरु गरेका हुन् । शनिवार वडा नम्बर १, २, ४ र ५ मा प्रहिलो चरनको राहत दलित परिवारलाई पहिलो प्राथमिकता दिई राहत वितरण गरेकाे हाे । वडा नम्बर ३ मा आईतवार राहत बितरण कार्य सुरु गरिने वडा अध्यक्ष ईस कुमार यादव ( राम बाबु यादव ) ले जानकारी दिनु भयो । नबराजपुर गाउँपालिका भित्र जम्मा लगभग ४५०० सय घर धुरी रहेको अनुमान छ । नवराजपुर गाउँ पालिकामा १०९२ घरधुरी दलित परिवार रहेको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवले बताउनुभयाे ।

राहत वितरण सामग्रीमा चामल ३० किलाे, दाल ३ किलाे , चिनी २ किलाे, नुन २ किलाे र नुहाउने साबुन ४ पिस वितरण गरेकाे छ । गाउँ पालिका अध्यक्ष बिश्वमोहन यादवले बताउनु भयो । वडा नम्बर २ मझौरा गाउँमा ४०० सय घरधुरी रहेको र दलित १२० , जनजाती २८० घर रहेको अध्यक्ष खुशीलाल शाहले जानकारी दिनु भयो । तेसैगरि वडा नम्बर ५ मा जम्मा १०२६ घरधुरी र २३५ घर बिपन परिवार , ६५ घर मुस्लिम, २०१ घर दलित परिवार रहेको अध्यक्ष मनोज कुमार यादवले जानकारी बताए । वडा नम्बर ४ का अध्यक्ष मदन यादवले पनि दलित बस्तिमा राहत बितरण भइ सकेको बताए । साथै वडा नम्बर १ का अध्यक्ष रामऔतार यादव भनिने अप्तारी यादवले गाउँ पालिकाले निर्णय गरेरे दिएको राहत बितरण पहिलो चरनको राहत बितरण भइसकेको बताएका हुन् । राहत लिने लक्षीत वर्गले राहत ढिलाे भएपनि गुणस्तरीय र राम्रो प्यकेज पाए खुशी व्यक्त गरेका थिए । सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो । जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएर हुन् । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्ष विश्वमाेहन यादबले अनुराेध आग्रह गरेका हुन । पहिलो चरनको राहत बितरन कार्य समाप्त पछि अरु गरिब , असाहाई , बिपन परिवारलाई गाउँ पालीकाको अध्यक्ष बिश्वमोहन यादव संग समन्वय गरि राहत वितरण गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१