ताजा समाचार

सिरहामा महिलालाई सिलाई कटाई तालीम

  • वैशाख २, २०७५
  • १५३९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

दिलीप सहनी सिरहा , बैशाख १ । सिरहा नगरपालिका लक्ष्मिनियामा महिला लक्षित कार्यक्रम अन्तर्गत सीलाई कटाई तालिम आजबाट सञ्चालन भएको छ । सिरहा नगरपालिका वडा नम्बर १८ लक्ष्मिनिया वडा कार्यालयले कार्यक्रम सञ्चालन गरेको हो । महिला लक्षति गरी सिपमूलक तालिम अन्तर्गत लक्ष्मिनिया वडा भरिका लक्षित वर्गका महिललाई समेट्दै १६ जना महिलाहरुको सहभागीतामा तालीम सञ्चालन भएको वडा नम्बर १८ का वडा अध्यक्ष रामसोगारथ यादवले जानकारी दिए । अध्यक्ष यादवका अनुसार सिलाई कटाई तालीम सिकाउन १६ थान सिलाई मेसीन र आवश्यक अन्य समाग्रीह हरुको व्यबस्था गरी तालीम सञ्चालन भएको उनले बताए । नयाँ वर्षमा समृद्धि तर्फको सिरहा नगरपालिका आजबाट पहिलो पाइला टेकिएको कार्यक्रमका प्रमुख आतिथ्य गरी रहनु भएकी सिरहा नगरपालिका सिरहाकि उपमेयर डा. नामित यादवले भनिन् । सँगै नयाँ वर्ष २०७५ सालको सम्पूर्ण नगरवासिलाई शुभकामना ब्यक्त गर्दै बाँकी अन्य सबै वडाहरुमा छिटै कार्यक्रम सञ्चालन गर्ने र महिलाहरुलाई लक्षित हुने गरी अन्य कार्यक्रमहरु पनि सञ्चालन हुने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤