Siraha Times
ताजा समाचार

आगलागी भएको तीन घण्टा नपुग्दै राहत

  • वैशाख २०, २०७७
  • ९७० पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान , २० बैशाख । वडा वाल संरक्षण समिति एवम ईटा भट्टा कदमाहाले आगलागी वाट पिडित भएको परिवारलाई खाद्यन लगायतका सामग्रीहरु राहत स्वरुप सहयोग गरेका छन । स्थानिय स्तरमा पुगी नगरप्रमुख मुक्तीनाथ चौधरी, वडा अध्यक्ष रुद्रबहादुर कार्की, दाता मोह्मद उल्फत, युवा नेता श्याम साह, सबल नेपाल सप्तरीका फिल्ड अधिकृत राधेश्याम राम सहितका प्रतिनिधीहरुले राहत वितरण कार्यक्रममा सहभागि हुनभएको थियो । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ३ स्थीत विसहरिया टोलामा बैसाख १७ गते बुधवार दिनको १२ बजे भन्साघर वाट सल्केको आगलागी वाट ६ घरपरिवारको फुुसको घर सहित सम्पुर्ण सामानहरु पुर्णरुपमा डढेर नष्ट भएका थिए । जनता ईटा भट्टा कदमाहाका प्रोप्राईटर समेत रहनु भएका वडा वाल संरक्षण समिति सुरुङ्गा(८ का संयोजक मोह्मद उल्फतले आगलागी वाट पिडित बनेका परिवारलाई राहत सहयोग गरेको सबल नेपाल सप्तरी राजविराजका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ । संयोजक मोह्मद उल्फतले स्थानिय वडा कार्यालय, नगरपालिका, नेपाल प्रहरी स(शस्त्र प्रहरी बल, सामाजिक संघ संंस्था संग समन्बय गरी प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो नुन, २ किलो मसुरको दाल, ठुलो साईजको एन्टी मस्क्यिुटो झुल १ थान, गन्जी १ थान, सारी १ थान, गम्छा १ थान, माक्स २ थान, सावुन २ थानका दरले पिडित ६ घरपरिवारलाई राहत दिनु भएको वडा अध्यक्ष रुद्र वहादुर कार्कीले जानकारी गराउनु भएको छ । वडा अध्यक्ष कार्कीका अनुसार यस क्षेत्रमा सबल नेपाल सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा समुन्नती कार्यक्रम संचालन भएको छ त्यस अन्र्तगत पिडित परिवारका वालवालिकाहरुकालागी शैक्षिक सामग्रीहरु सहयोग गरेका छन भने वडा कार्यालय वाट आगलागी भएको करिव ३ घन्टा भित्र त्रिपाल लगायतका सामग्री सहयोग गरेका छौ र चाँडै घरनिर्माणमा पनी सहयोग गर्ने वताउनु भएको छ । आगलागी वाट घरमा रहेका अन्न, कपडा सहित भाँडाकुडाँ समेत ढडेको वडा कार्यालयले जानकारी गराएका छन । गाईको गोठमा रहेका भन्साको चुल्हो वाट सल्किएको आगलागी वाट स्थानिय हरी मंडल, विना मंडल, चिचाई सदाय, टिमा सदाय, जोगेन्द्र सदाय र सन्तोष सदायको घर र घरमा रहेका पुर्ण सामानहरु ढडेर नष्ट भएको र उक्त आगलागी वाट करिव ५ लाख मुख्य वराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

खाली गरियो थापाथलीको ...

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वज ...

लहान अस्पतालमा क्यान ...

सिरहाटाइम्स लहान बैशाख १२ । सिरहाको जिल्लाको लहानमा रहेको राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पताल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१