Siraha Times
ताजा समाचार

सिरहाको कबिलासिमा गरिबलाई राहत जनता जोगाउन मरिमिटने छु : अध्यक्ष यादव

जनता जोगाउन मरिमिटने छु : अध्यक्ष यादव

  • वैशाख १७, २०७७
  • १८१५ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा लहान १७ वैशाख । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ४ कविलासी गाँउमा लक डाउनको ३६ औँ दिनमा राहत वितरण गरिएको छ । ७ सय घरधुरी मध्ये २ सय ५० अति विपन्न दलित, ५० अति विपन्न जनजाति र सय अति विपन्न अन्य घरधुरीलाई ३० के.जी. चावल र २ के. जी. नुन गरि जम्मा ४ सय घरधुरीलाई राहत वितरण गरिएको सुखिपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामलोभित यादवले बताए । प्रदेश सरकारको सरकुलर अनुसार र सर्वदलिय बैठक अनुरुप अति विपन्न र तिन महिनासम्म मात्र खान पुग्नेलाई राहत वितरण गरिएको छ । १ लाख ५० हजार प्रदेश सरकारको सहयोग र ३ लाख ५० हजार नगरपालिकाको सहयोग गरि जम्मा ५ लाख बराबरको राहत सामाग्री वितरण गरिएको छ । लक डाउन थपिदै गइरहेको छ आगामीको दिनमा तपाइले आफ्नो जनतालाई कसरी सहयोग गर्नुहुनेछ भन्ने पत्रकारको जिज्ञासालाई शान्त पार्दै वडा अध्यक्षले भने पहिला जनता त्यसपछि बिकाश त्यस उसले जनता बचाउन सम्पुर्न बजेटको रकम यस महामारीबाट बचाउनमा लगाउछौँ त्यसबाट पनि भएन भने नगरपालिका, हुने खाने धनी व्यक्ति र विभिन्न दातृ निकाय संघ संस्थालाई समेत गुहार्न हामी पछि नपर्ने वडा अध्यक्ष यादवले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१