ताजा समाचार

बलानबिहुलमा राहत वितरणका लागि प्रक्रिया पूरा

  • वैशाख १६, २०७७
  • १२२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान , १६ बैशाख । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिकामा बैशाखको तेस्रो हप्ता भित्रमै राहत बितरण हुने जनाईएको छ । राहत बितरणको लागी नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार प्रक्रिया पुरा गरिसकेकोले छिट्टै नै राहत बितरण हुने गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम सुन्दर थापाले जनाएको छ । कार्यपालिकाले गरेको बैठकको निर्णय अनुसार राहत सामग्री खरिद गर्न गाउँपालिकाले ५ दिनको खुल्ला बोलपत्र आहबान गरेको थियो । चामल प्रति केजी ५४ रुपैया , खाने तेल प्रति लिटर २ सय रुपैया , नुन प्रति किलो २० रुपैया , मसुरीको दाल प्रति किलो १ सय पच्चिस रुपैयाको दरले बोलपत्र आहबान गरेको थियो । त्यसका लागी ७ ओटा आबेदन परेका थिए । कम दर रेट पेश गरेका कारण सिरहको लहान ११ का अमित सप्लायर्स एण्ड ट्रेडर्सको चामल दाल र नुन खरिद गर्न बोलपत्र स्वृकीत भएको गाउँपालिका अध्यक्ष दयानन्द गोईतले जनाए । तेल खरिद गर्न सगरमाथा किराना पसल कुशहा सप्तरीको बोलपत्र स्बृकित भएको हो । ठेकेदारले खरिद गर्ने सामग्री मध्ये उसिना चामल सोना मन्सुली ए ग्रेडको ८५ हजार किलो , मसुरीको दाल १२ हजार किलो , आयोडिन युक्त नुन ७ हजार किलो , खानेतेल ७ हजार लिटर खरिद गर्ने जनाईएको छ । गाउँपालिकाले १ देखि ६ जना परिवार संख्या भएकाका लागी १५ केजी चामल , २ केजि दाल , १ केजि नुन , १ लिटर खानेतेल बितरण गर्ने योजना रहेको छ भने ६ जना भन्दा बढी परिवारका लागी २० किलो चामल , ३ किलो दाल , २ किलो नुन , २ लिटर खानेतेल बितरण गर्ने योजना रहेको सुनाए । बलान बिहुल गाउँपालिकाले कोरोना प्रभाबितका लागी प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाको १ करोड १८ लाख ७५ हजार गरी जम्मा १ करोड ७५ हजार रकम बिनियोजन गरेको छ । पहिलो चरणको राहतमा गाउँपालिकाले वडा नम्बर १ देखि ६ सम्मका ४५ सय सम्म बिपन्न परिवारलाई राहत बितरण गर्ने जनाईएको छ । यस अघि गाउँपालिकाका प्रत्येक घरधुरीमा मास्क र साबुन बितरण गरीसकोको गाउँपालिका साहयक लेखापाल सुभाष चन्द्रलाल कर्णले बताए । वडाले बास्तिबिक असाहय , बिपन्न बर्ग र मजदुरहरुको अभिलेख ढाँचा भरिरहेको कारण राहत बितरणमा ढिलाई भएको गाउँपालिकाको स्रोतबाट खुल्न आएको छ । कोरोना प्रभाबित बिपन्न बर्गका लागी पालिकाको लक्ष्मि बैकमा रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण उपचार कोष खाता ०९१०३००००३६ मा मनकारी लगायत सहयोगी हातहरुलाई रकम जम्मा गर्न गाउँपालिकाले आग्रह गरेका छन । गाउँपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीले ५ दिनको तलब , पाँचौ तह सम्मका कर्मचारीहरु ३ दिनको तलब , करारका कर्मचारीले १ दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका लेखा प्रमुख कमलेश कुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤