ताजा समाचार

लक्ष्मीपुर पतारी गाँउपालिकामा समयमा राहत पाँउदा स्थानिय खुशी

  • वैशाख १६, २०७७
  • ८९३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

बैशाख १६ । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिकामा समयमै राहत वितरण भएपछि त्यहाँका स्थानियहरु खुशी भएका छन् । सिरहाका १७ वटा स्थानियतह मध्ये ८ वटा पालिकाले हाल सम्म राहत वितरण गरिएको तथ्याङ्क रहेको छ । एक महिना भन्दा बढी समय देखी रहेको लक डाउनका कारण सिरहा सहित नेपालभरी मुख्यत दैनिक ज्यालादारी गरी खाने,अति विपन्न परिवार मारमा परेको छ ।
लक्ष्मीपुर पतारी गाँउपालिको पार्दशिरुपमा राहत वितरण गरिएपछि त्यहाका स्थानियहरु खुशी भएका छन् । गाँउपालिका प्रमुख राम बल्ब साहका अनुसार गाँउपालिका भित्र रहेका सबै वडामा पहिलो चरण जनचेतनाको कार्यक्रम गरी प्रदेश सरकारको राहत वितरण कार्यक्रम कार्यविधि अनुसार घर परिवार छनौटको लागी प्रत्येक वडामा परिपत्र गरे सोही अनुरुप डाँटा संकलन भए पश्चात हामी कार्यपालिका बैठक बसी प्रत्येक वडालाई तिन लाँख पचास हजारका दरले रकम बाँडफाड गरी पठाएको विना विरोध राहत वितरण कार्यक्रम समपन्न भएको प्रमखु साहले बताए ।
पालिका भित्र रहेका गरिब असाय परिवारलाई राहत अत्यावश्यक भएकोले समयमा पालिकाले राहत वितरण गर्दा दलित,गरीब परिवार राहत पुगेको स्थानिय सुनिल रामले बताए ।
यता पहिलो चरणको राहत वितरण कार्यक्रम समपन्न गरियो । अब दोस्रो चरणमा राहत वितरण कार्यक्रमको थानी गरेका प्रमुख प्रशाकिय अधिकृत धनिकलाल यादबले बताए । अब चाडै डाँटा संकलन गरी दोस्रो चरणको राहत वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤