सिरहाको बरियारपट्टी गाउँपालिकाले गरे राहत वितरण कार्य सुरु : बिपन्न बर्गहरुमा खुशयाली

  • वैशाख १५, २०७७
  • १२१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा, लहान/ सिरहाको बरीयारपट्टी गाउँपालिकामा सोमबार देखि विश्व – महामारी कोभिड – १९ कोरोना प्रभावित बिपन्न बर्गहरुका लागी राहत वितरण कार्य सुरु भएको छ । पहिलो चरणमा आज गाउँपालिकाको वडा नं. ४ र ३ मा राहत बितरण भएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिनुभयो । वडा नम्बर ४ मा पाँच सय ५० र वडा नम्बर ३ मा छ सय ६३ घरघरधुरीमा राहत बितरण भएको हो । बितरित रहातमा चामल २५ किलो , दाल ३ किलो , नुन २ पाकेट , चिनी २ किलो , खाने तेल २ लिटर , कपडा धुने साबुन २ पिस , नुहाउने साबुन २ पिस लगायत राहत वितरण गरेको जनाईएको छ ।

siraha-barpati-rahat-bitran

यसैबिच प्रति घर – परिवार २ जना रहेको दुईटै वडाका ८४ घरधरीहरुमा चामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट , चिनी १ किलो , कपडा १ पिस , नुहाउने साबुन १ पिस बितरण गरेको प्रमुख प्रसाशकिय अधिकृत अशोक कुमार सिंहले बताए । सामाजिक दुरी कायम गर्न शस्त्र प्रहरी बलका प्रहरी जवान, स्वयम सेवक , कर्मचारी लगायत स्थानिय जन –प्रतिनिधिहरु खटिएका थिए । राहत बितरण गर्दै गाउँपालिाका अध्यक्ष महतेले भने सरकारले २०७६ चैत्र १९ गते जारी गरेको निर्देशिका अनुसार नै गाउँपालिकामा राहत बितरण गरीएको हो भन्दै उनले भने प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाबाट १ करोड ५० लाख रुपैया राहत सामग्री खरिदका लागी छुट्टयाईएको छ । हामी बास्तबिक बिपन्नवर्गको पहिचान गरी राहत बितरण गरीरहेको छै ,यदि बास्तबिक बिपन्नवर्ग छुटेको छ भने गाउँपालिकामा सम्पर्क गर्न उनले आग्रह गरेका छन ।

siraha-barpati-rahat-bitran siraha-barpati-rahat-bitran1

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशको अस्मित ...

कार्तिक २४ । ‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता ...

जिल्ला जनस्वास्थ्य क ...

रहमुल लहान, २४ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले आ.व. २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी ...

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१