Siraha Times
ताजा समाचार

विज्ञानलाई चुनौती दिंदै सन्तान प्राप्तिको लागि मधेश र विहारका महिलाहरुको पतारी पोखरीमा भिड्

  • वैशाख १, २०७५
  • १०६७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक दिनेश्वर गुप्ता  लहान, १ बैशाख । सिरहाको सलहेश फुलवारीको भोलीपल्ट लाग्ने पतारी मेलामा यस बर्ष पनि भव्यताका साथ श्रद्धालभक्तजनहरुको भिड् बढ्न थालेको छ । यो मेलाको विशेषता सन्तान प्राप्तिको लागि पोखरीमा डुबुल्की लगाउंनेहरुको भिड् लाग्ने गरेको हो ।

सिरहाको शक्तिपीठ मानिने ऐतिहासिक, पौराणिक र धार्मिक महत्वको पाताल पोखरीमा निसन्तान महिलाहरुले राजा हरिसिंह देवको पूजा र भाकल गरेपछि पोखरीमा डुबुल्की लगाउंदा जीवित जीव भेटिए सन्तानप्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।भारत विहारका श्रवण पासवानका ’बिहे भएको ७ वर्ष वितिसक्दा पनि सन्तान नभएपछि भाकल गरी उनकी पत्नि पोखरीमा डुबुल्की लगाउंदा जीव भेटियो’ आज फेरी ’ ढेड बर्षको छोरो लिएर पतारी मेला हेर्न आएका छन् । भाकल गरेअनुरुप यसवर्ष बोको बलि दिने छु ’ उनी बताउंछन् । भारतको पटना दरभंगासहित विभिन्न स्थानमा गएर चिकित्सकीय जाँच गराउँदा पनि सन्तान नभएपछि अन्तिममा दैवीय शक्तिको साहारा लिएको उनले सुनाइन् ।

भारतको मधुवनी जिल्ला ग्राम पञ्चायत तेनुवाही ५ की कलावती पासवानले तीन वर्षअघि सोही पोखरीमा डुबुल्की मार्दा ’घोङ्गी’ (एक प्रकारको शंखेकीरो) फेला पारिन् । बिहे भएको तीन वर्ष बितिसक्दा पनि उनका सन्तान भएनन् । भाकलपछि जन्मिएकी अढाई वर्षकी छोरी साथैमा ल्याई उनले यसवर्ष पाठी बलि दिने तयारी छीन् । हरेक वर्ष वैशाख २ गतेमात्र पूजा हुने पाताल पोखरी किनारमा राजा हरिदेव सिंहको मन्दिर छ । वैशाख २ गते मात्र कर्णाटवंशी राजा हरिसिंहदेव प्रकट हुने विश्वासका साथ सोही दिन भाकल गरी पोखरीमा डुबुल्की मार्दा जीवित जीव भेटिए सन्तान हुने गरेको सुनाउँछन् पुजारी फुलधरसिंह । उनका अनुसार पोखरीमा डुबुल्की मार्दै पार गरिसकेपछि ५ सय मिटर पर गई भिजेको कपडा फुकाली त्यहीँ छोडी भेटिएको जीव लिएर घर लैजानुपर्छ ।

उनका अनुसार सन्तान प्राप्ति नभएसम्म भेटिएको जीवबारे दम्पतीबाहेक कसैलाई जानकारी दिन नहुने चलन छ । पौराणिककालदेखि नै यहाँ हरेक वर्ष वैशाख २ गते भाकल गर्न र बलि चढाउन धर्मावलम्वीहरु आउने गरेको उनले सुनाए । यो पोखरीमा महिलाहरुले मात्र डुबुल्की मार्ने चलन छ । बिहे भएको ९ वर्ष वितिसक्दा पनि बालबच्चा नभएपछि मधेशा १ सुनसरीकी चन्द्रकला चौधरीले बाबा हरिसिंहदेवको मन्दिरमा गत बर्ष पूजा गरी पोखरीमा डुबुल्की मारिन् । सिरहाको व्यापारिक केन्द्र लहानबाट १८ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पाताल पोखरीमा भाकल गर्न र मेला भर्न सुनसरी, सिरहा, उदयपुर, धनुषा, महोतरी र काठमाडौं तथा भारतको विहारबाट समेत सर्वसाधारण आउँछन् । राजा हरिसिंहदेव र दनुवार जातिको इतिहासबारेमा खोज गरिरहेका शोधकर्ता रामदेव राय दनुवारले ऐतिहासिक शक्तिपीठमा वर्षको एकदिन मेला र बलि चढदै आएपनि सन्तानप्राप्तिबारे खोज अनुसन्धान गर्नुपर्ने बताए ।

सलहेश गाथामा उल्लेख गरिएअनुसार पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको मानिन्छ । विज्ञानको चामत्कारिक युगमा पनि पतारी पोखरीमा लाग्ने मानिसहरुको भीडले केही खोज अनुसन्धान गर्नुपर्ने देखाउँछ । यो पोखरी राजा सलहेशकै बेला वि.सं. १३२५ देखि अस्तित्वमा रहेको सलहेश गाथामा उल्लेख छ । ’ऐतिहासिक शक्तिपीठमा भाकल गर्ने परम्परा पौराणिक हो, यो अथाहा आस्था बोकेको शक्तिपीठ हो’, उनले भने, ’सन्तानप्राप्ति हुने जनविश्वास चिकित्साशास्त्रका लागि चुनौती हो । सन्तान प्राप्ति भइरहेको छ, त्यहीअनुरुप बलि चढाइन्छ, । सन्तान प्राप्तिको लागि आज अबेर रातीसम्म भारतको विहार र मधेशका हजारौ महिलाहरु पतारी पुगिसकेका छन् । उनीहरु विहानै पोखरीमा डुबल्की मार्ने भएका छन् । विज्ञानले अझै पनि सत्यताको खोजि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१