लकडाउनमा सहिदनगरका दीर्घ बिरामीका लागि औषधी व्यवस्था गर्छौं : मेयर बरबरिया

  • वैशाख १३, २०७७
  • ७८४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा ,बैशाख १३ गते । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको दीर्घ रोगीहरुको लािग औषधी नगरपालिकाले ल्याइदिने बताएका छन् ।

सरकारले कोरोना सँक्रमण रोक्नको लागि लगाएको लकडाउनमा परी दीर्घ रोगीहरुमा टिबी (क्षयरोग), क्यान्सर, दमा, ब्लडप्रेसर, मधुमेह (चिनीरोग) लगायतका रोगीहरुको लागि नगरपालिकाले औषधी व्यवस्थापन गर्ने बताएका छन् ।

लकडाउनका कारण सदरमुकामसम्म जान नपाएर अत्याश्यक औषधीको अभावमा स्वास्थ्य अवस्था झन खराव हुने भन्दै मेयर बरबरियाले नगरपालिकाले उनीहरुको तथ्याँक सँकलन गरी औषधी ल्याइदिने बताएका छन् ।

“लकडाउनको पालना गरे मात्र कोरोनाको सँक्रमण रोकथाम गर्न मदत पुग्छ, तर लकडाउनमा पनि अति आवश्यक औषधी जो की नजिकमा नपाएर सदरमुकाम जनकपुरसम्म जानुपर्ने बाध्यता छ ।

जनकपुरमा नभेटाए काठमान्डौंसम्म जाने बाध्यता छ तर यस्तोमा जाने कसरी ? यसको लागि हामीले उनीहरुको औषधी नगरपालिकाबाट ल्याइदिने निर्णय गरेका छौं ।”– उनले भने ।

नगरभित्रका ती दीर्घरोगीहरुले नजिकको स्वास्थ्य सँस्थामा गएर आफूलाई चाहिने औषधीको विवरण लेखाउनुपर्ने बताउँदै तथ्याँक सँकलनपछि एकैपटक औषधी ल्याइने बताए ।

यसको लागि स्वास्थ्य सँस्थाका प्रमुख तथा कर्मचारीहरुलाई समेत तथ्याँक सँकलन तीव्र गतिमा गर्न निर्देशन दिएको बताए । त्यसको लागि तथ्याँक सँकलन हेतु नगरपालिकाको वडा नं. १ देखि ९ सम्म स्वास्थ्य स्वयंसेविका मार्फत, सूचना मार्फत नगरवासीलाई जानकारी गराएको बताए ।

उनले नगरभरिका यस्ता असमान्य रोगीहरुको औषधी नपाउने अवस्था सृजना भएपछि नगरपालिकाको कोषबाट औषधी ल्याएर वितरण गर्ने बताए । उनले दीर्घ रोगीहरुले मूल्य तिरेर मात्र भएपनि औषधी पाउन कठिन भएपछि नगरपालिकाले निःशुल्क रुपमा औषधी वितरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१