ताजा समाचार

सिरहा सीमामा ‘हाई अलर्ट’ – डिएसपी रावलको पैदल गस्ती सुरु

  • चैत २८, २०७६
  • २०३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २८ गते- सिरहा । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सिरहाले जिल्ला भरिको सीमा नाकामा पैदल गस्ती पनि थालेको छ । सीमाबाट हुन सक्ने आवतजावतमा रोक लगाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रबक्ता तथा डिएसपी प्रेम बहादुर रावलले पैदल गस्ती थालेको हो । खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा पैदल गस्ती थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले जानकारी दिए ।उनले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य भइरहेको बताए । ‘सीमामा गस्ती पनि भइरहेको छ उता ग्रामिण भेगहरुमा सर्वसाधरणलाई संक्रमणबाट जोगिनका लागि जनचेतना समेत फैलाइरहेका छौँ,’ उनले भने । सीमावर्ती भारतीय सहर पटना क्षेत्रमा १ जना कोरोना संक्रमित फेला परेपछि सिरहा जिल्लाको साना-ठूला सबै नाका सिल गरी निगरानी बढाइएको हो । सिरहाको भारतसँग ४७ किलोमीटर सीमा जोडिएको छ । एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको छ । मातहातका धेरै युनिटहरु अहिले सीमामा केन्द्रित छन् । जवानलाई सीमाको कुना कुनामा परिचालन गरिएको छ ।

जिल्लाका सीमामा ३४ वटा स्थायी प्वाइन्ट राखि २४ घण्टा निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताए ।’मातहातका सबै युनिटले आ-आफ्नो क्षेत्र कभर गर्ने गरी गस्ती गरिरहेका छन्’ उनले भने, ‘भारतसँग जोडिएको खोला , खेतदेखि गल्ली सम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी पनि गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤