ताजा समाचार

मिर्चैयामा राहतको बिषयलाई लिएर बिवाद असन्तुष्ट पक्षले गरे पत्रकार सम्मेलन

  • चैत २८, २०७६
  • ८८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा, २८ चैत । सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर केहि दिनदेखि यता भएको विवादले चरम सिमा नाघेको छ । स्थानिय नेता तथा बुद्धिजीवीले मेयर श्रवण यादवको राहत वितरणमा मोनोपोली भएको आरोप लगाएका छन । असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरी मेयर यादवको काखा र पाखा गर्ने मनो बिज्ञानको पर्दाफास गरेका छन । स्थानिय नेता कार्यकर्ता द्वारा निर्माण गरिएको सर्वदलिय समिति अनुसार मेयर यादवले आफ्नो आसेपासेलाई राहत उपलब्ध गराएर बिपन्न वर्गमाथी ठुलो अन्याय गरेको आरोप लगाएका छन । मिर्चैयाका नेकपा जिल्ला सदस्य प्रदिप महासेठको अनुसार चैत २२ गते नगरपालिकाको राहत कार्यक्रममा पक्षपात भएको थियो । उनको अनुसार वडा १ मल्हनिया चदरा टोलमा २५ घरधुरीमा मेयर यादवले आफ्नै मान्छेलाई दिन खोजदा बिपन्न द्लित समुदायले बिरोध जनाएका थिए । मेयर यादवको विभेदपुर्ण नियति देखेर नेकपा जिल्ला कमिटीका सदस्यहरु ले आ –आफ्नो तर्फबाट वडा १ का १५ घरधुरीमा १० किलो चामल, २ किलो दाल, नुन, तेल लगायत अति आवश्यक राहतका सामान बितरण गर्न खोज्दा मेयर श्रवण यादवले रोकेका थिए । पत्रकार सम्मेलनमा नेकपा जिल्ला सदस्य गङ्गा महतो, राजपा नेपालका मिर्चैया नगर संयोजक अन्जय साह, तरुण दल क्षेत्रीय सदस्य धनेश्वर यादव, समाजवादी नगर अध्यक्ष रामदयाल यादव, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कपिलदेव साह, र सिरहा ४ ख बाट निर्वा्चित प्रदेश सभा सदस्य दिलिप साहलगायत ले मेयर श्रवण यादवको काम गराई प्रति असन्तुष्टि जनाएका थिए । उनीहरुको अनुसार ‘यो त सरासर मेयरको दादागिरी हो।’ सांसद साहका अनुसार राहत बाँडेर फर्किने क्रममा सोमबार मेयरका मान्छेहरु आएर अचानक बिबाद गरेका थिए । पछि बिबाद झडपको रुप लिएको थियो जसमा केही घाईते समेत भएका थिए । वडा –२ को मल्हनिया स्वास्थ्य चौकीनजिक सोमबार साँझ करिब ५ बजेतिर विवाद भएको हो । यता मेयर यादबले मैले बिबाद गरेको होईन , स्थानिय सरकारको अनुमती बिना सरकारको निति निर्देशन बिपरीत समाजिक दुरी कायम नगरी राहत बितरण गर्ने कार्य गरेकोले त्यस्तो कार्य रोक्न मैले आदेश दिएको प्रेस बिज्ञप्ती मार्फत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤