Siraha Times
ताजा समाचार

सिरहामा लकडाउन उलघन गर्ने २८ साबरी साधन प्रहरीको नियन्त्रणमा

  • चैत २५, २०७६
  • ८०५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २५ चैत । बिश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ् ।नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमण बाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएका छन् । नेपाल सरकारले चैत ११ गते देखि देश भरि लकडाउनको निर्णय गरेको हो । मंगलबार १५ औ दिन चलिरहेको बेला सिरहामा चेक जाचमा कडाई गरेका छन् । लकडाउनको नियम उल्घन गर्ने ब्यक्ती लाई कारबाही समेत गर्ने निर्णय गरेका हुन् । मंगलबार प्रहरीले सिराहामा ‘लकडाउन’अवज्ञा गरेर चलाइएका मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत बाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलङघन गरी चलाईएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । साथै खाली एम्बुलेन्स सडकमा चलाएकोले एम्बुलेन्स पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएका हुन ।कोरोना भाईरस स्वास प्रक्रियाको माध्यम बाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएको ले लकडाउन गरेको हो। नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन गरिब ललित भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१