ताजा समाचार

सिरहाको शखुवानान्कारकटि गाउँ पालिकामा निजि जग्गामा सडक बनाउने विषय लिए बिवाद

  • चैत २२, २०७६
  • ८६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २२चैत । सिरहाको शखुवानान्कारटि गाउँ पालिका वाडा नम्बर ४ चार स्थित रहेको शखुवागाउँमा कृषि बाटो सडक बनाउने विषय लाई लिए बिवाद भएको छ् । स्थानीय शखुवाटाेल र सोही गाउँ पालिका ५ ईटहर्वाको मानिसहरुसंग बिवाद भएको छ। शखुवागाउँपालिका ४ बस्ने छुतहरु छिटान ,मुशहरु छिटान ,नथुनी छिटान ,जिबछ गोइत शुभनारायण यादवको निजि जग्गामा कृषि सडक बनाउने सोही गाउँ पालिका वाडा नम्बर ५ ईटहर्वा टोल बस्ने ४५ वर्षिय हरिभगत भुसकुलिया ,जिबछ भुसकुलिया ,रामदेव भुसकुलिया ,गजेन्द्र भुसकुलिया लगायतका ब्यक्तीहरुले आफु बसेको गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष रमेश गोइत र वडा नम्बर ५ का अध्यक्ष बैजनाथ यादव संग कुनै सल्लाह बिचार न गरि आफनै खुशी गाउँका करिब ३० तिस , ४० चालिस जना युवाहरूको समुह आए र बिना राजी खुशी निजि जग्गामा सडक बनाउन लागदा बिवाद भएको पीडित छुतहरु छिटानले बताए ।

सडक बनाउनु राम्रो हो तर जग्गा धनी हरुसंग र स्थानीय सरकार संग कुनै किशिमको बाटो बनाउने विषयमा सल्लाह न भएको अध्यक्ष बैजनाथ यादवले पत्रकार महेश सिंह संग फोनमा कुरा गरेका थिए केहि महिना पहिला यो कृषि सडकको बारेमा हामीलाई जानकारी गराउनु भएको थियो तर हिजो सडक बनाउन जादा कुनै किसिमको जानकारी छैन अध्यक्ष बैजनाथ यादवले पत्रकार महेश सिंह संग फोनमा कुरा गरेका थिए । यता अर्का अध्यक्ष रमेश गोइतले भन्छ हाम्रो वाडामा आएर सडक बनाउन लागदा हामीलाई तेस्तो कुनै किसिमको लिखित सम्झौता न भएको बताए । सडक बनाउनु भनेको राम्रो हो सडक कसैको ब्यक्ती गत हुदैन सबैको लागी राम्रो हो । तर हाम्रो वाडामा सडक निर्माण हुदै छ् हामीलाई केहि तेस्तो लिखित जानकारी नरहेको बताए छन् । यो घटना बिहिबार बेलुका भएको भएका छन । बिश्व ब्यापी र महामारीको रूपमा फैलिरहेको करोना भाईरस कोभिड १९ ले बिश्व भरि आतंक मचाएको छ् ।

नेपाल सरकारले करोना भाईरस कोभिड १९ बाट बचनलाई देश भरी लकडाउन गरेको अवस्था छ् । एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्न न दिन नेपाल सरकारले लकडाउनको नियम पालना गर्न सम्पुर्ण देश बासीहरुमा अनुरोध गरेका छन् । तर तिनीहरु यो नियमको फलोनगरी सामुहिकरुपमा कृषि सडक बनाउनलाई खेताला पुगेका थिए । सडक बनाउने पक्षको हरिभगत भुसकुलिया सोही गाउँ पालिका ४ स्थित रहेको श्री आधारभुत बिध्यालयमा कार्यरत रहेका छन् । शिक्षक भुसकुलियाले भने मैले तस्तो केहि भनेको छैन म एउटा् गाउँ बाशीको नाताले म तेहा पुगेका थिए । कसै संग कुनै किसिमको गालिगलौज तेस्तो न भएको भुसकुलियाले दाबी गर्नु भयो । सडक बनाउने बिवाद सान्त गर्न ईलाका प्रहरी कार्यालय मेहेशवारी प्रहरीको समेत उपस्थिति रहेको सडक बनाउने काम प्रहरीले रोके पछि भुसकुलिया पक्षको मानिसहरु न मानेको पीडित प्रमीला देबि यादवले बताए । पीडित प्रमीलाले भन्छ मेरो खेतमा लगाएको गहुँ बाली समेत नस्ट गर्दिएको र गाली गलौज हुँदा हाम्रो पक्षको एनराईड मोबाइल र नाकमा लगाउने सुनको फुली समेत भुसकुलिया पक्षको ब्यक्तीले खोसेको प्रमिला देबि यादवले आरोप लगाएकि छिन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤