ताजा समाचार

२० बलमा १०२ रन बनाउने भारतीय क्रिकेटर, तोडे क्रिस गेलको रेकर्ड

  • चैत ११, २०७४
  • २५५४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ११ । आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् ।शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीच प्रतिस्पर्धा थियो । साहा मोहन बगानको टिमबाट खेलेका थिए । विश्वास गर्न गाह्रो होला, ऋद्धिमानले केबल २० बल सामना गर्दै १०२ रन जोडे र सहज जित दिलाए । ऋद्धिमान साहले चार चौका र १४ छक्का प्रहार गरेका थिए । उनको स्ट्राइक रेट ५१० थियो । यसको साथै साहा टी(२० क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो । क्रिस गेलले आईपीएल २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक पूरा गरेका थिए ।आईपीएल क्रिकेट सुरु हुनुअघि ऋद्धिमानको यो सनसनीपूर्ण प्रदर्शनले हलचल मचाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ऋद्धिमान साहा आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादमा आवद्ध छन् । सनराइजर्सले उनलाई ५ करोड भारुमा अनुबन्ध गरेको छ । ३३ वर्षीय ऋद्धिमान हालै दक्षिण अफ्रिकासँग भएको वान डे म्याचमा टिम इन्डियाको एक सदस्य थिए । सनराइजर्स हैदरावादसाग ऋद्धिमान साहाका अलावा डेभिड वार्नर, शिखर धवन जस्ता खेलाडीहरु पनि छन् । यसैगरी टिम अफगानिस्तानका स्पीनर राशिद खान पनि सनराइजर्स हैदरावादमा छन् । सभार  : अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤