ताजा समाचार

सिसवनी लकडाउन , युवाहरु जनचेतना दिदै

  • चैत १४, २०७६
  • १२९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १४, चैत्र । कोरोना विरुद्ध सरकारको लकडाउन अभियानलाई सफल बनाउन युवाहरू लागिपरेको छ । लहान नगरपालिका वडा नम्बर- २२ सिसवनी टोलका युवाहरु सो अभियानमा जुटेको हो । सिसवनी युथ क्लबका युवाहरुको एक टोलिले गाउँमा गाई जनचेतना दिई रहेको निशान्त चौधरीले जनाए । कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक पर्चापम्पलेट , माईकिङ्ग , गरिरहेको उनले बताए । गाउँको सार्वजनिक स्थलमा साबुन पानी को ब्यवस्थापन गरिएको छ भने अपरिचित ब्याक्तीलाई गाउँ प्रवेश गर्न निषेध गरिएको छ । शहर बजार भन्दा गाउँघरमा मानिसहरूको आवतजावत खुल्ला रहने गरेकोले सो नियन्त्रण गर्न युवाहरु आफै जागरुक भएको अर्का एक जना रामकुमार चौधरीले जानकारी दिए । प्रशासन ,नगरका कर्मचारी , नगर प्रहरी , नेपाल प्रहरीहरु शहर केन्द्रित मात्र रहने गरेकोले गाउँघरमा छाडा रुपमा मान्छेहरु घुम्ने गरेको हुँदा आफ्नै सक्रियतामा मानिसको भिड नियन्त्रण गर्न गाउँलाई समेत लकडाउन गरेको हो । लकडाउन भएपछी गाउँ सुनसान देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤