ताजा समाचार

कोरोना संक्रमण रोक्न उपभोक्ताहरुलाई नेपाल टेलिकम र एनसेलले २ सय ब्यालेन्स सापटी दिने व्यवस्था गरेको

  • चैत १२, २०७६
  • ११८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स चैत १२ । नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन्। तर अब दूरसञ्चार कम्पनीहरुले आफ्ना ग्राहकलाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने भएका छन्। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। यस्तै, दूरसञ्चार कम्पनीहरुले प्रयोगकर्ताको लागि अहिले चल्तीमा रहेका दरभन्दा कम हुने गरी सस्तोमा विभिन्न डाटा प्याकेज घोषणा गर्न सक्ने बताइएको छ। कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघरमा बसेको बेला सहजताको लागि एक महिनासम्म सस्तो डाटा प्याकेजहरु घोषणा गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो। 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤