ताजा समाचार

सिरहाको औरही गाउँपालिका द्वारा कोरोना भाइरस चेक गर्न सिमा क्षेत्रमा हेल्थ डेक्स

  • चैत ११, २०७६
  • १४९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

प्रदिप सिंह लहान ११ चैत । सिरहाको औरही गाउँपालिकाले कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिन सिमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिकाको भारतसंग सिमाना जोडिएको मुख्य नाका वडा नं १ दरहिया र वडा नं १ कमलपुरमा एकै दिन दुइ ओटा नाकामा हेल्थ डेस्क स्थापना उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सिदार्थ यादवले भने ' विश्व स्वास्थ्य संगठनले कोविड-१९ लाई महामारी घोषणा गरिसकेको छ । यो भाइरस भित्रिन नदिन हामीले हेल्थ डेस्क स्थापना गरेका छौं । यहिले सम्म यो भाइरसको कुनै खोप बनी नसकेको हुनाले जोगिनु नै उत्तम उपाय हो। औरही गाउँपालिकाले नेपाल–भारत प्रवेश गर्ने मुख्य दुई नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोनाबारे उच्च सतर्कता अपनाएको छ । गाउँपालिका प्रवेश मुख्यद्वार भएकाले कोरोनाको संक्रमणबाट बाँच्नका लागि गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको गापा अध्यक्ष यादवले बताए । ‘यो हेल्थ डेस्कमा भारत जाने र नेपाल फर्किनेलाई चेकजाँच गरिन्छ, ‘कोरोनाबाट बाँच्नका लागि सचेतनामूलक सन्देश लिँदै समयमै संक्रमण भित्रिन नदिन सतर्कता अपनाएका हौँ ।

हेल्थ डेस्कको मुख्य जिम्मेवारी वहन गरिरहेका गाउँपालिकाको स्वास्थ्य संयोजक उपेन्द्र यादवले भने ' खुला सिमाना भएका कारण नेपाल भन्दा भारतमा गएर घरायसी सामान किनमेल गर्ने देखि लिएर भारतबाट रोजगारीबाट फर्केकालाई विशेष निगरानी बढाएका छौं । शंकास्पदमाथि चेकजाँच गरेर उनीहरूलाई थप उपचारका लागि जनकपुर अस्पतालमा पठाउने तयारी रहको छ । हेल्थ डेस्क स्थापना गरेर भारत जाने र भारतबाट फर्किने नेपालीमाथि चेकजाँच गरेर जान दिेएका छौं। ‘ स्वास्थ्य संयोजक यादवले जानकारी गराए।

वडा नं १ कमलपुरको हेल्थ डेस्क सहायता कक्ष स्थापनामा गाउँपालिकाको निमित्त प्रमुख प्रशाकीय अधिकृत लक्ष्मण साह, बिओपी ईटाटरको सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्का, ४ नं वडाका वडा अध्यक्ष उपेन्द्र यादव, काँग्रेसको युवा नेता सुभाष यादव, कार्यपालिका सदस्य मो. नाजिम खाँ, समाजसेवी देवनाथ पासमान लगायत गाडीपालिकाको विभिन्न अगुवा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। गाउँपालिकाको स्वास्थ्य सह-संयोजक जर्वन कुमार यादवले , ‘हामीले कोरोना भाइरस भित्रिन नदिन सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए । शंकास्पद व्यक्तिको रगत चेकजाँच गरेर जटिल देखिए थप उपचारका लागि रेफर गरिनेछ । सामान्य रुघा, खोकी, ज्वरो आएकालाई उपचारसमेत गरिने बताए । हेल्थ डेस्क विहान छ बजे देखि बेलुका सात बजे सम्म खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤