सिरहाको औरही गाउँपालिका द्वारा कोरोना भाइरस चेक गर्न सिमा क्षेत्रमा हेल्थ डेक्स

  • चैत ११, २०७६
  • १२५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

प्रदिप सिंह लहान ११ चैत । सिरहाको औरही गाउँपालिकाले कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिन सिमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिकाको भारतसंग सिमाना जोडिएको मुख्य नाका वडा नं १ दरहिया र वडा नं १ कमलपुरमा एकै दिन दुइ ओटा नाकामा हेल्थ डेस्क स्थापना उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सिदार्थ यादवले भने ' विश्व स्वास्थ्य संगठनले कोविड-१९ लाई महामारी घोषणा गरिसकेको छ । यो भाइरस भित्रिन नदिन हामीले हेल्थ डेस्क स्थापना गरेका छौं । यहिले सम्म यो भाइरसको कुनै खोप बनी नसकेको हुनाले जोगिनु नै उत्तम उपाय हो। औरही गाउँपालिकाले नेपाल–भारत प्रवेश गर्ने मुख्य दुई नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोनाबारे उच्च सतर्कता अपनाएको छ । गाउँपालिका प्रवेश मुख्यद्वार भएकाले कोरोनाको संक्रमणबाट बाँच्नका लागि गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको गापा अध्यक्ष यादवले बताए । ‘यो हेल्थ डेस्कमा भारत जाने र नेपाल फर्किनेलाई चेकजाँच गरिन्छ, ‘कोरोनाबाट बाँच्नका लागि सचेतनामूलक सन्देश लिँदै समयमै संक्रमण भित्रिन नदिन सतर्कता अपनाएका हौँ ।

हेल्थ डेस्कको मुख्य जिम्मेवारी वहन गरिरहेका गाउँपालिकाको स्वास्थ्य संयोजक उपेन्द्र यादवले भने ' खुला सिमाना भएका कारण नेपाल भन्दा भारतमा गएर घरायसी सामान किनमेल गर्ने देखि लिएर भारतबाट रोजगारीबाट फर्केकालाई विशेष निगरानी बढाएका छौं । शंकास्पदमाथि चेकजाँच गरेर उनीहरूलाई थप उपचारका लागि जनकपुर अस्पतालमा पठाउने तयारी रहको छ । हेल्थ डेस्क स्थापना गरेर भारत जाने र भारतबाट फर्किने नेपालीमाथि चेकजाँच गरेर जान दिेएका छौं। ‘ स्वास्थ्य संयोजक यादवले जानकारी गराए।

वडा नं १ कमलपुरको हेल्थ डेस्क सहायता कक्ष स्थापनामा गाउँपालिकाको निमित्त प्रमुख प्रशाकीय अधिकृत लक्ष्मण साह, बिओपी ईटाटरको सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्का, ४ नं वडाका वडा अध्यक्ष उपेन्द्र यादव, काँग्रेसको युवा नेता सुभाष यादव, कार्यपालिका सदस्य मो. नाजिम खाँ, समाजसेवी देवनाथ पासमान लगायत गाडीपालिकाको विभिन्न अगुवा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। गाउँपालिकाको स्वास्थ्य सह-संयोजक जर्वन कुमार यादवले , ‘हामीले कोरोना भाइरस भित्रिन नदिन सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए । शंकास्पद व्यक्तिको रगत चेकजाँच गरेर जटिल देखिए थप उपचारका लागि रेफर गरिनेछ । सामान्य रुघा, खोकी, ज्वरो आएकालाई उपचारसमेत गरिने बताए । हेल्थ डेस्क विहान छ बजे देखि बेलुका सात बजे सम्म खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

“विशेष, संरक्षित र स ...

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत ...

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१