ताजा समाचार

सामाजिक अभियनता यादवको उदाहरणीय काम ,क्यारेन्टाइनका लागि होस्टेल दिने घोषणा

  • चैत ९, २०७६
  • १८२६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

विराटनगर चैत्र ९ गते ।विराटनगर  का युवा नेता तथा सामाजिक अभियनताले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् ।

सामाजिक अभियनता तथा बिराटनगर का होस्टेल व्यवसायी राकेश रोशन यादव ले होस्टेल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको "हाम्रो नेपाल होस्टेल" निशुल्क उपलब्ध गराउने उनले बताए ।

कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा प्रदेश नम्बर १ सरकार सामाजिक बिकास मन्त्रालय ले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

‘प्रदेश १ को राजधानी बिराटनगर देश र प्रदेश कै प्रमुख नाका हो, नाकाबाट ओहोरदोहोर गर्नेको संख्या अत्याधिक छ, कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिम पूर्ण पनि छ,’ उनले भने, ‘प्रदेश सरकारको यस महामारी विरुद्ध को महाअभियान मा काधमा काध मिलाई अगाडी बढ्ने दाइत्व बोध गर्दै, यस प्रदेशको बासिन्दा भएको नाताले प्रदेशमा संक्रमण हुन नदिने हाम्रो पनि प्रमुख जिम्मेवारी हो, कोरोना विरुद्ध लडन यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुग्न सक्छ, त्यसका लागि होस्टेल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै त्रसित रहेको बेला हाम्रो देश पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा, प्रदेश सरकार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावको वारेमा चिन्तित रहेकोले प्रदेश सरकारलाई निशुल्क होस्टेल उपलब्ध गराउने यादवले घोषणा गरेका छ्न।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤