ताजा समाचार

नेशनल लाईफ इन्स्योरेन्सले दियो अङ्ग भङ्ग बिमितलाई १२ लाखको भुक्तानी

  • चैत ५, २०७६
  • ८१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ४ चैत -सिरहा नगरपालिका १० हनुमानगर बस्ने परसुराम मलाहको छोरा ४० वर्षिय उमा मुखियाले वैदेशिक रोजगारको लागी २०१० मा साउदीको एसिया कम्पनीमा लेवरको काम गर्न स्थानीय दिगम्बर यादवको मार्फद खाडि मुलुक साउदी पुगेका उमा २८ महिना न बित्दै कम्पनी टुटेर घर फर्किएका थिए । ऋणमा डुबेका उमा २०११ मा स्थानीय एजेन्ट संग काठमाडौं को हेमन मेनपावर कम्पनी लिमिटेडबाट कतारको सनैया जुबेल फयाम्स क्याप कम्पनीमा पुगेका उमा चार बर्ष उक्त कम्पनीमा बिदेशी जिबन बिताए र ३ महिनाको छुटिमा घर फर्केका हुन । छुटि बिताए २०७५ सालको चैत महिनामा पुनः कतार पुगेका हुन् । मुखियाले बिदेशी जानु भन्दा अगाडि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को कार्यालय काठमाडौं बाट १० लाखको वैदेशिक रोजगारी बिमा गराए थिए । कतार पुगेको चार महिना न बितदै काम सकाएर घर कोठामा चिप्लिएर पिठको मेन हाड भाचिएको महसुस भएको उमा बेहोस भएका थिए । मुखियालाई उपचारको लागी कतारको अहमद होस्पिटल लगेका थिए । २४ घन्टा अस्पतालमा भर्ना राखनु पर्छ अस्पतालका सर्जन डाक्टरले बताए । उपचार पछी डिस्चार्ज गरेर कम्पनीले कोठा ल्याएका हुन् ३ महिना बेड रेस्ट गर्नु पर्छ डाक्टरले सम्झाए । उमाले ३ महिना पछि आफनै पैसा तिरेर नेपाल आएका हुन् । उमाको दुई छोरा र दुई छोरी रहेका छ्न । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लहान शाखाको प्रबन्धक संजय कुमार सिंहले पीडित उमा लाई १२ लाखको चेक हस्तान्तरण गरेका थिए । ऋणमा डुबेका उमा यता छोरी बिवाहको चिन्तामा छन । इन्स्योरेन्सले चेक दिदा पीडित उमा र उनको श्रीमती राज कुमारी मुखिया खुसी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤