ताजा समाचार

बलानबिहुल गाउँपालिकामा निशुल्क पशु शिविर

  • चैत ३, २०७६
  • १५२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३, चैत्र । सप्तरीको बलानबिहुल गाउँपालिकामा आज एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा शाखा मल्हनियाको आयोजनामा शिविर भएको पशु शाखा अधिकृत नथुली मण्डलले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष दयान्नद गोईतको प्रमुख आतिथ्यमा भएको शिविरमा सयौंको संख्यामा पशुहरु स्वास्थय जाच भएको थियोे । वडा नम्बर ३ को मौवाहा चौक , दुधैला टोल र टिकुलिया टोलमा शिविर संचालित शिविरमा अनुभवी पशु चिकित्सक द्वारा पशुहरुको स्वास्थय जाच गरिएको थियोे । वडा नम्बर ३ को वडा अध्यक्ष कप्लेश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखा अधिकृत मुसहरु साह , बोदेबरसाईन नगरपालिका पशु विकास अधिकृत अर्जुन प्रसाद यादब , लेखापाल कमलेश कुमार साह , योजना प्रमुख रमेश मरिक यादव , प्राविधिक कुलानन्द चौधरी , भोगेन्द्र यादव , बिभेश कुमार यादव , शिवकुमार चौधरी, वडा नम्बर ३ का वडा सचिब अन्न्तलल खवास , कार्यपालिका सदस्य हरि राम , प्राविधिक बृजेश कुमार झा , चित्र रन्जन यादव , सिताराम शर्मा लगायतको रोहवरमा कार्यक्रम भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤