ताजा समाचार

सिरहामा अत्याधिक रक्सी सेवन बाट महिलाको मृत्यु

  • चैत १, २०७६
  • २२०६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १ चैत - सिरहाको लहान नगरपालिका ४ स्थित बिरेन्द्र झाको घरमा कोठा भाडा लिई बस्दै गरेको उदपुर गाउँ पालिका २ अग्राखे गाउँ बस्ने गोपाल कार्की को २४ वर्षिय छोरी चन्द्रीका थापा कार्की भनिने तिर्थ कुमारी कार्की ले होलिकै दिन देखी रक्सी खाएर मातदै गएको थियो । बिगत चार दिन देखी कोठा थुनेर खाना न खाई रक्सी मात्रै खाने गरेको परिवारजन संगीता थापा मगर ले जानकारी दिनु भयो । मृतक चन्द्रीकाको बिवाह डेढ बर्ष अगाडी प्रेम बिवाह उदयपुर गाउँ पालिका बर्गे गाउँमा २४ वर्षिय नवीन थापा मगर संग भएको थियो । मगर बिवाह भएको केहि महिना पछी वैदेशिक रोजगारको लागि कतार पुगेका हुन । मृतक कार्की लहान स्थित रहेको जे एस मुरारका बहुमुखी क्याम्पसमा बिएड प्रथम बर्षमा हुनुहुन्थ्यो । चन्द्रीका लहान स्थित रहेकोे एभरेस्ट कलेज भित्र संचलनमा रहेको मोन्टेस्वरीको र नर्सरी एल्केजीको ग्रेड शिक्षिकाको रूपमा कार्यरत हुनुहुन्थ्यो ।अत्याधिक रक्सीको सेवन बाट कोठा भित्र बेहोस हुँदा केटा पक्छ्को दिदी संगीता थापा मगरले उपचारको लागी लहान स्थित रहेको लहान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भई सकेको ईलाका प्रहरीले कार्यालय लहानका इन्स्पेकटर सुमित कुशवाहाले जानकारी दिनु भयो । सबलाई पोस्ट म्याटमको लागी लहान अस्पतालमा राखीएको लहान अस्पतालको प्रमुख डाक्टर शुनिल कुशवाहाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤