सिरहामा भुजेल जातिको तराईको नमुना बिवाह सम्पन्न

  • फागुन ३०, २०७६
  • १८४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ३० फाल्गुन - सिरहाको लहान नगर पालिका ६ स्थित रहेको भुजेलहरुको बस्तीमा मागी बिवाह सम्पन्न भएको छ । लहान नगर पालिका ६ बस्ने उमेश भुजेल, आमा सुभद्रा भुजेल को २२ वर्षिय एक्लो छोरा अङ्कित भुजेलको मागी बिवाह सिरहाको बिशनुपुर गाउँ पालिका ४ बस्ने पहलाद भुजेल र आमा सम्झ्ना भुजेलको २१ वर्षिय छोरी २०७६ फल्गुण २८ गते दुर्गा भुजेल संग मागी बिवाह सम्पन्न भएको छ । हिन्दू प्रम्परा अनुसार भुजेल जातिको संस्कृति प्रमपरा अनुसार सम्पन्न भएको हो । बिवाह हेर्न मधेसी समुदाय भन्दा फरक किसिमको बिवाह रहेकोले छिमेकीहरु बिवाह हेर्न भिड लागेको थियो । बिवाह जन्तीमा लहान स्थित रहेको लहान अस्पतालको प्रमुख तथा सिरहा, सप्तरीमा बालरोग विशेषज्ञमा चर्चित ब्यक्तीत्व डाक्टर सुनिल कुशवाहा , अर्को महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह , डाक्टर हिरालाल काम्ती , पत्रकार महेश सिंह, श्रेया संगम ,सिमा महासेठ ,रबिन्द्र साह , निरन्जना चौधरी ,रमेश महतो ठुलो बुवा : कुल बहादुर भुजेल, काका दिनेश भुजेल ,काकी रानु ,मनोज भुजेल मुनि , भिनाजु : रामसुन्दर ,रोशन ,अनिल दिदी : अर्चना प्रिती ,रिचा, बहिनी :नेहा,खुशी ,दाजु : दिपेश ,दिपेन्द्र , सुरेन्द्र ,भाई सायर , साहिल लगायत भुजेल परिवारहरुको उपस्थिति लगायत सयौं जनाको जयन्तीमा उपस्थिति रहेको थियोे ।

भुजेलहरु टिबतियन भोट बर्मेली हिमालय भाषा बोल्ने एक प्रमुख जनजाती समुह हो । इतिहासमा राज्य गुमाउन बाध्य पारियपछी आज भुजेल जाती हरु राज्यको बिबिध क्षेत्रमा यत्र तत्रमा छरिएर रहेका छन नेपालको जनगणना २०६८ अनुशार भुजेल हरु को जनाशङ्ख्या ११८६५० देखाइयपनी भुजेल हरु कारीब ८ लाख ५० हजार भयको बताउदछन किनकी कतिपय भुजेल हरुले बिबिध कारणले भुजेल नलेखी कन खवास्, छेत्री,जि•टि, जि•सि,राना भुजेल्, घर्ति,थापा,पुहुगाल्, लमी छाने घर्ती हरु लेख्ने गरेको सर्वबिधितै छ । आजको राज्यबिभेदको कारणले भुजेल हरुको आफ्नो रितिथिति,भेसभुषा, भाषा अनि धार्मिक तथा सामाजिक रिवाजह रु बिस्तारै लोप हुने क्रम भयतापनी पुर्ण रुपमा तहस नहस भयको छैन । भुजेलहरू प्रमुख स्थान र अन्य क्षेत्रहरु पुर्व सिरहा , सप्तरी , उदयपुर ,झापा,मोरङ ,धरान्, र बागमती ,गन्डक क्षेत्र, चितवन्, कास्कि, हुँदै पश्चिम का बिविध अन्चल र जिल्ला जिल्ला मा यो जातिको बसोवास रहेको पाइन्छ ।

यसरि बिविध करणले आफ्नो भाषा,सङ्स्कृती अतिक्रमण र नास हुँदै गयतापनी आज अस्तित्वो र पहिचानका लागी प्रायस रत भुजेलहरू प्राकितिक शक्ति, दैवी शक्ति, अनि आफ्नै कुलपित्रहरूको स्तुती आराधाना गर्ने गर्दछन आफुले पहिचान गरेको खोलानाला वनजङल्,खोलाना,भिरपहरा,जङली पशुपन्छि, प्रकितिलाई जिवनको सर्जक्, नासक, नियन्त्रक ठानि, देवी देउराली कुलदेवत, पित्री र प्रकृतिको पुजा गर्छन यि देवी देवता रुपी प्राकृतिक शक्तिह रूलाई शिलाको रुपमा स्थापना गरी फल फुल पाकेका अन्नवाली र पशुपन्क्षिको भोग चढाइ आफ्नो कुल आयनहरुलाई प्रसन्नित पारिन्छन । आदिवासी मुलवासी भुजेलहरू जन्म्, न्वारन्, बिवाह , मृत्यु, आदी इत्यादी कर्मकन्डहरू आफ्नै विधिविधान अनुशार आफै सम्पन्न गर्दछन समान्य तया दु:ख बिमारको उपचारको निम्ती धामी झाक्री र जङगली जडिबुटिहरुको प्रयोग आजप्नी प्रचलित छ जो आजको सम्पन्न समाज यसलाई रुढिवादी भन्ने गर्दछन । भुजेलहरु मुख्यरुपमा गुर्जो,सिमलि, काउलो, चिलाउने, बिलाउने, अ्म्लिशो, तितेपाति, पाच आउले जटामसी अदुवा आफ्नो कम्कार्ज्य र धर्म सङ्स्कार अनुसार आज पनि प्रयोग गर्दछन । जङली पशुपन्क्षिहरू सङ्ग पनि भुजेलहरुको धार्मिक र पोउराणिक आस्था रहेको पाइन्छ । आज पनि कोइलि, गौथलि, दुम्शि, बनेल्, सर्प्, माछा, पाहा आदी हरु सङ्ग सम्ब्बन्धित तथ्य बिधितै छ र सुन्न देख्न पाइन्छ आफ्नै समाज भित्र र बाहिर भुजेलहरू उच निच र छुवाछुत मान्दैनन र आफ्नो धर्मको सन्धर्वमा सजग भयता पनि कट्टर पना राख्दैनन किनकी हिजोको वर्णासर्मको परिधिदेखी भुजेलहरू आफू पृथक रहेको ठान्दछन । भुजेल भित्र थर जस्तै अर्थ खुल्ने बुझिने खलक विभाजन प्रथा पाइन्छ खलक भन्नले हाड पट्टिको सन्तान हुने हुनाले विवाहवारी बर्जित मानिन्छ जिविको पार्जन र खानपिनमा पुरानै कृषी पद्दाती अनुसार कोदो, मकै ,फापर्, दाल ,भटमास्, साग , सिस्नु, कन्ड्मुल , तरुल र मौसम अनुसार पाइने फलफुल अन्नवाली नगदेवाली ब्यबहारमा छन भने पशुपालनमा सुङुर्,भेडा, बाख्रा, गाइ, भैसी हास , कुखुरा, प्रचलनमा पाइन्छ देखिन्छ , बलिनाली पाकेपछी वा पशुपन्क्षिले खानु अघी यिनका रक्षक मानी देवी देवता लाई अर्पण गरिन्छ र देखिन्छ अनि मात्रै प्रयोगमा ल्याईने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१