ताजा समाचार

मन्टेश्वरी तालिम सिरहाको चोहर्बामा सम्पन्न, तालिम प्रभावकारीता रहेको अधिकांशको कथन

  • फागुन २५, २०७६
  • १८७१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २५ , फाल्गुन । सिरहाको चोहर्वामा एक महिने मन्टेश्वरी तालिम आईतवार सम्पन्न भएको छ । प्रदेश नम्बर–२ सरकारको सीप कार्यक्रम अन्तर्गत युके एडको आर्थिक तथा प्राबिधिक सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ सिरहाको सहकार्यमा तालिम सम्पन्न भएको अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभएको छ । तालिममा विभिन्न मन्टेश्वरी र बोर्डिङ्ग स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिम आयोजना भएको थियो । मन्टेश्वरी स्कुलमा अध्यापन गराउने बिभिन्न बिधिहरुको बारेमा तालिममा सिकेको एक जना तालिमका सहभागी निर्मला कुमारी सिंहले बताईनले, ‘उनले भनिन यो तालिम लिनु आब्यश्क छ किनकि नाँया नायाँ बिधिबारे सिकिन्छन । अर्की एक जना सहभागी रेनु कुमारी साहलेको भनाई अनुसार मन्टेश्वरीमा अध्ययन गर्ने बालबालिका लाई कागज , पात लगायतका माध्यमले पढाउने बारेमा बिशेष रुपले सिकेको बताउनु भयो । दुई बर्ष दखि पाँच बर्ष सम्मका बालबालिकाकलाई खेलको माध्यमबाट पढाएमा उनिहरु पढाई प्रति आकर्षित हुने बताउनुभयो ।

बच्चालाई माया ममता गरी अध्यापन गराएमा उनिहरु चाँडो सिक्ने अर्की सहभागी करीना चौहानको भनाई रहेको थियो , यो तालिम लिएर घरको बच्चाहरुलाई पनी पढाउन सहज भएको उनले थपिन । रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमको प्रमुख अतिथिमा शान्ति निकुञ्ज ईङ्गलिश बोडीङ्ग स्कुल गोलबजार –७ चोहर्वाका संस्थापक रामप्रकाश सिंह रहेको थियो भने कार्यक्रमको उदघोष जागरण नेपालका सचिब हरेराम साफीले गरेका थिए । सामाजबादी पार्टीका केन्द्रिय सह ईन्चार्ज मनोज महतोको बिशिष्ठ आतिथ्य , प्रधानाध्यापक बिनोद साह , जागरण नेपालका कार्यक्रम संयोजक सरोज कुमार राय , कोषाध्यक्ष गायत्री कुमारी राय लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । २४ जनाको सहभागीता रहेको तालिमकोको सहजिकरण सोनी पौडेल तामाङले गरेका थिए ।

तालिम पश्चात सहभागी सबै जनालाई रोजगारीको ग्यारेन्टी समेत गरिने आयोजकले जनाए । यस अघि सिरहा जिल्लाको लहान महोत्तरी जिल्लाको बर्दिबासमा जागरण नेपालको आयोजनामा मन्टेश्वरी तालिम सम्पन्न भैसकेको छ । कार्यक्रमको समापन समाहरोहमा बोल्न अधिकांस बक्ताले मन्टेश्वरी तालिमको प्रसंशा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤